अर्थ/बजारबिहीबार, पौष २६, २०६९
आयल निगमको ऋण साढे २७ अर्ब
भारतीय आयल निमगसँग पेट्रोलियम पदार्थ खरिद गर्दा लागेको ऋण चुक्ता गर्न सरकारले विशेष पहल गरिदिनुपर्ने निगमको भनाइ छ । निगमको ४३ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले सो ऋण चुक्ता गर्नु निगमका लागि चुनौतीपूर्ण भएको बताए । उनले सरकारले आफूहरूलाई ऋण चुक्तामा सहयोग गरेमा निगमलाई प्रतिस्पर्धी संस्थाका रुपमा अघि बढाउने दाबी समेत गरे ।
उनले खाना पकाउने ग्यासमा दिइने अनुदानसम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएको जानकारी दिँदै सो कार्यविधिले घरेलु उपभोक्तालाई राहत हुने बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
