थप समाचारशुक्रबार, पौष २७, २०६९

पाकिस्तानमा विष्फोट, सयभन्दा बढीको मृत्यु

हिमालखबर

तस्बीर स्रोतः बीबीसी

बलुचिस्तान राज्यको क्वेटास्थित एक स्नुकर क्लबमा भएको दोहोरो बम विष्फोटमा सबैभन्दा धेरै व्यक्तिहरुको ज्यान गएको छ । पहिलो पटक विष्फोट भएपछि त्यहाँ पुगेका राहतकर्मी र पत्रकारहरुको दोस्रो विष्फोटमा परी ज्यान गएको छ । दोस्रो विष्फोटबाट क्लबको भवन पूर्ण ध्वस्त भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेहरुमा धेरै जसो शिया समूहका रहेको बताइएको छ । सुन्नी चरमन्थी ‘लश्कर–ए–झांगवी’ले विष्फोटनको जिम्मेवारी लिएको बीबीसीले जनाएको छ । क्लबमा विष्फोट हुनु अघि क्वेटाको एक बजारमा भएको विष्फोटमा ११ व्यक्तिको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए । यूनाइटेड बलोच आर्मी नामक संगठनका प्रवक्ताले उक्त विष्फोटमा आफ्नो हात भएको सञ्चारकर्मीहरुलाई जनाएको छ । त्यसैगरी, स्वात क्षेत्रमा भएको विष्फोटमा २० भन्दा बढी व्यक्ति मारिएका छन् ।

बलुचिस्तानमा पृथकतावादी विद्रोहका साथै शिया र सुन्नी सम्प्रदायका बीच पनि धेरै समयदेखि हिंसा जारी छ । स्थानीय प्रहरीका अनुसार अत्यधिक भिडभाड हुने स्नुकर क्लबमा पहिलो विष्फोट आत्मघाती आक्रमणकारीले गराएको थियो भने दोस्रो पटक कार बम विष्फोट गराइएको थियो । मर्नेहरुमा दुई पत्रकार, पाँच राहतकमी र कम्तीमा पनि पाँच जना प्रहरी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>