थप समाचारशुक्रबार, पौष २७, २०६९

घाटा बढेपछि सोनीले टेकियो र न्यू योर्कका भवन बेच्ने

हिमालखबर

जापानको राजधानी टोकियोमा रहेको सोनीको भवन

लगानी प्रवद्र्धनका साथै आर्थिक मन्दी हटाउनलाई व्यावसायिक पुनसंरचनाको कामलाई अघि बढाएको सो कम्पनीले व्यवसायमा थप लगानीका लागि सो भवन बेच्न लागेको बताएको छ ।

विगत वर्षदेखि कठिन अवस्थाको सामना गरिरहेको सो कम्पनीले गतवर्षमात्र अन्य क्षेत्रबाट स्रोत जुटाएर क्यामेरा र मेडिकल साधनको उत्पादनका लागि करिब ५० अर्ब येन लगानी गरेको थियो । सो भवन सन् २०११ को मार्च महिनामा मात्र निर्माण गरिएको थियो । तर व्यावसायिक उत्पादनमा लगानीकै लागि सो भवनको बिक्री गर्न लागिएको सो कम्पनीले जनाएको छ ।

जापानको एक दैनिक पत्रिका निकी बिजनेस डेलीले सो भवनको बिक्री दर नराखिकने आज प्रकाशन गरेको समाचारमा जनाएको छ । हाल सो कम्पनीले ओलम्पसमा लगानी गर्न लागेको जनाएको छ । सो लगानीका लागि यो भवनको बिक्रीबाट आएको रकम पर्याप्त हुने जानकारहरू बताउँछन् ।

जापानको ओसाकी जिल्लामा रहेको २५ तल्ले सो भवनका दुईवटा भूमिगत हल रहेका छन् । सो भवनमा हाल उक्त कम्पनीको टेलिभिजन विभाग रहेको पनि उक्त दैनिकले जनाएको छ । सो भवनमा हाल करिब पाँच हजारजना कर्मचारीले काम गरिरहेका छन् । टोकियोको सो भवन हाल त्यहाँका ठूला भवन मध्येमा पर्दछ ।

त्यसैगरी उक्त दैनिक पत्रिकाले सोनीले अमेरिकाको न्यू योर्कस्थित म्यानहटनमा रहेको अर्काे भवन पनि बेच्ने योजना बनाएको बताएको छ । सन् २०११ को मार्च महिनामा जापानमा गएको महाभूकम्प र सुनामीका कारण त्यहाँका विश्वप्रसिद्ध कम्पनीले पनि घाटा व्यहोरिरहेका छन् ।

यसै समयमा जापानको विश्वप्रसिद्ध कार उत्पादक कम्पनी टोयोटाले पनि इतिहासमै पहिलोपटक ठूलो मात्रामा घाटा व्यहोर्नुपरेको बताएको थियो । रासस/एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>