थप समाचारशुक्रबार, पौष २७, २०६९

प्रदुषणका कारण शहर छोड्न आदेश

हिमालखबर

ईरानको राजधानी तेहरानमा पनि प्रदुषण अत्यधिक छ । हिउँद याममा प्रदूषण बढ्दा शहर तुंवालो र धुवाँले ढाकिएको छ । एक करोड जनसंख्या भएको तेहरानमा पनि प्रदूषण खतराको स्तरसम्म पुग्न सक्ने चेतावनी दिइएको छ ।

आर्थिक प्रतिबन्धको प्रभाव
केही विश्लेषकहरुका अनुसार ईरानका सडकमा लाखौं पुराना गाडि कुदिरहेका छन् साथै कम गुणस्तरको पेट्रोल र डिजेलको प्रयोगले पनि प्रदूषण बढेको छ । ईरानमा पश्चिमी देशहरुले लगाएको आर्थिक प्रतिबन्धका कारण उसले परिष्कृत ईन्धन आयात गर्न सकेको छैन ।

ईरानको विवादास्पद परमाणु कार्यक्रम बन्द गराउनका लागि पश्चिमी देशहरुले ईरानमा कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । ईरानले भने आफूले शांतिपूर्ण उद्देश्यका लागि परमाणु कार्यक्रम शुरु गरेको बताउँदै आएको छ । बढदो प्रदुषणका कारण तेहरानमा पनि अघिल्लो महिनामा सरकारी कार्यालय र विद्यालयहरु बन्द गरिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>