थप समाचारशनिबार, पौष २८, २०६९

एक महिना देखि रिले अनसन जारी, आन्दोलनकारी बिरामी

हिमालखबर

रुघाखोकी, निमोनीया, टाउको दुख्ने, घुडा दुख्ने, पेट दुख्ने लगायतका रोगहरुका कारण १० जना आन्दोलनकारी बिरामी परेको चुनढुंगा उत्खनन संघर्ष समितिका अध्यक्ष पदम केसीले बताए । वातावरण र पर्यावरणमा नकारात्मक असर पुगेको भन्दै एक वर्षअघि बन्द गरिएको चुन ढुंगा उत्खनन पुन सुचारु गरेपछि नरपानी र आसपासका गाविसका बासिन्दाहरुले अनिश्चितकालिन रिले अनसन सुरु गरेका हुन ।

अर्घाखाची सिमेन्ट प्रालीले उक्त क्षेत्रमा उत्खनन शुरु गरेको हो । चुन ढुङगा उत्खननका कारण खानेपानीको मुहान सुकेको र पर्यावरणीय क्षति भएको स्थानीयको भनाई छ ।
स्थानीय साधन स्रोत माथि स्थानीय जनताको अधिकार भएको बताउँदै खाने पानीको सुनिश्चतता र बातावरणीय तथा पर्यावरणीय सुरक्षाको ग्यारेन्टी नभएसम्म खानी संचालन हुनै नसक्ने चुन ढुंगा उत्खनन संघर्ष समितिका अध्यक्ष पदम केसीले बताएका छन् ।

प्रेमनारायण आचार्य,अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>