अन्तर्वार्ता/विचारशनिबार, पौष २८, २०६९

हामी अतिक्रमणकारी होइनौं

हिमालखबर


सडक विस्तारका क्रममा मुआब्जा पाउनुभयो ?

काठमाडौंको सडक साँघुरो भएकाले विस्तार अभियानलाई सबैको समर्थन छ । तर, विस्तार क्रममा आफ्नो सम्पत्ति भत्किने तथा जग्गा जमीन जाने ९० प्रतिशत भन्दा बढीसँग लालपूर्जा छ । सरकारले यसप्रति बेवास्ता गर्दै सर्वसाधारणको निजी सम्पत्तिमा डोजर चलाएको छ । सरकारले आफूलाई आवश्यक परेको जमीन मुआब्जा दिएर अधिग्रहण गर्न सक्छ तर यसरी ‘अतिक्रमणकारी’को बिल्ला भिराएर आफैं अतिक्रमण गर्न मिल्दैन । सरकारले सडक विस्तार गर्दा भत्काएको संरचनाको केही क्षतिपूर्ति दिए पनि जमीन त्यसै हडपेको छ । यो कदमपछि निजी सम्पत्ति (जग्गा जमिन) सरकारले मुआब्जा नदिई हडप्न सक्छ भने नजीर स्थापना हुने भय बढेको छ ।

तपाईंहरुले सडक मिच्नुभएको होइन ?
एम्बेसेडर होटलको कुरा गर्ने हो भने हाम्रो भवन बनेको नै ३५ वर्ष भन्दा बढी भइसकेको छ । जवकि सरकार २०३४ सालको मापदण्डको कुरा गर्छ । अर्को कुरा हामीसँग सबै जमीनको लालपूर्जा छ तर पनि सडक विस्तारमा परेको यो तेस्रो पटक हो । सन् १९६१ मा बेलायती महारानी एलिजावेथको नेपाल भ्रमणका बेला पहिलोपटक महाराजगञ्ज–लाजिम्पाट सडक विस्तार भएको थियो । त्यो बेला शीतलनिवासस्थित ‘रोयल गेष्ट हाउस’ मा महारानीलाई राखिएको र बेलायती दूतावाससम्म आउजाउ सहज पार्न तत्कालीन राजा महेन्द्रले सडक विस्तार गराएका थिए । त्यस बेला पनि एम्बेसेडर होटलको जग्गा परेको थियो । त्यसपछि फेरि सन् १९७६ मा राजा वीरेन्द्रको पालामा महारानी एलिजावेथकै भ्रमण भएको थियो । त्यस बेला ६ वटा घोडाको बग्गी घुमाउन नमिलेकाले सडकतिर नाक परेर फर्किएको एक्बेसेडर होटलकै भाग भत्काइएको थियो र अहिले लोकतन्त्र आएपछि तेस्रो पटक हामी अतिक्रमणमा परेका हौं । यस पटक हाम्रो करीब ७ आना जग्गा सडकमा परेको छ र यो नै अन्तिम विस्तार हो भनेर बाँकी रहेको साढे २ रोपनी जमीनमा नयाँ संरचना निर्माणको तयारी थालेका छौं ।

अब कस्तो संरचना बनाउँदै हुनुहुन्छ ?
यसअघि हाम्रो ३५ वर्षअघि बनेको ४२ कोठाको होटल थियो । अब अत्याधुनिक सुविधासम्पन्न ‘साउन्ड प्रुफ’ ५० कोठा तथा अन्डरग्राउन्ड पार्किङ सहितको होटेल निर्माण गर्नेछौं । सम्पन्न गर्न करीब दुई वर्ष लाग्छ होला । २५ करोड लगानी हुने अनुमान गरेका छौं । तीन तारे होटेल भए पनि यसका कोठालगायत सम्पूर्ण पुर्वाधार अत्याधुनिक र विशिष्ट हुनेछन् । तत्कालका लागि होटेलमा रहेका पाहुना तथा कर्मचारीलाई हामी आफैंले छाउनीमा निर्माण गरेको अपार्टमेन्टमा २५ कोठा तयार गरी त्यहाँ सारेका छौं ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>