थप समाचारआइतबार, पौष २९, २०६९
१३ वर्षे बालक कार लिएर बहिनी भेट्न दुई देश पार
यो बालक आफ्ना आमा–बाबुसँग झगडा गरेपछि इटलीबाट भागेको थियो । इटली हुँदै उसले अष्ट्रिया पनि सहजै पार गर्यो र जर्मनीको सीमामा गएर पक्राउ पर्यो । उसका परिवारले प्रहरी र इंटरपोललाई खबर गरेपछि बालक पक्राउ परेको हो ।
बालकलाई दुई वर्ष पहिले इटलीको एक परिवारले धर्मपुत्र बनाएका थिए र बाबुआमासँग झगडा पछि बालक आफ्ना मूल बाबुआमासँग भेट्न पोल्याण्ड जाँदै थियो । आफ्नी नयाँ आमासँग मोबाइल फोनका विषयमा झगडा परेपछि उसले आफ्नो बाबुको कार लिएर टाप कस्यो ।
बालकले पहिले पनि गो कार्टिंग गाडि चलाउने गरेको थियो तर, यसपटक भने उसले आफ्ना बाबुको हाइ पावर मर्सडिजलाई बडो सहज भएर चलायो । प्रहरीका अनुसार गाडी चलाएका बखत केटो बडो आत्मविश्वसी देखिन्थ्यो । इटलीका सञ्चारमाध्यमहरुका अनुसार उसलाई आफ्नी बहिनीको निकै सम्झना आएकोले ऊ बहिनी भेट्न पोल्याण्ड तर्फ हान्निएको थियो ।
प्रहरीका अनुसार बालकले दुईवटा अन्तर्राष्ट्रिय सीमा सहजै पार गरेको थियो र उसले आफ्नो गाडीमा तेल भर्न पनि भ्यायो जुन आफैंमा अनौठो भएको प्रहरी बताउँछ ।
एजेन्सी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
