थप समाचारआइतबार, पौष २९, २०६९

कैलालीमा हतियारधारीद्वारा दस घरमा लुटपाट

हिमालखबर

स्केच श्रोत: इन्टरनेट

पन्ध्र-सोह्र जनाको समूहमा आएका हतियारधारीले एकैसाथ ती घरमा लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका अनुसार हतियारधारीको समूहले मुनुवा–१, कञ्चनपुरका सातवटा घर र जानकीनगर–३ बढरियाका  तीनवटा घरमा लुटपाट गरेको हो ।

मुनुवाका कलमबहादुर बम, सुशील बम, वीरेन्द्र बम, चक्रबहादुर बम, टेकवीर चौधरी, चित्रबहादुर चौधरी र भक्तबहादुर चौधरीको घरमा तथा बढरियाका जङ्गबीर चौधरी, पे्रमराज शर्मा र खडगसिंह बमको घरमा लुटेरा समूहले बन्चरोले ढोका फोडेर गरगहना, नगद, लत्ताकपडा, मोबाइल सेट लगेको स्थानीय हर्क बमले बताए ।

प्रहरीले लुटपाटमा संलग्न रहेको आशङ्कामा तीनजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको र घटनास्थलमा प्रहरीको टोली पुगी क्षतिको विवरण लिइरहेको कैलालीका प्रहरी निरीक्षक सुदाव रावलले जानकारी दिए।

उहा“ले हालसम्म रु एक लाख ६० हजार नगद तथा १५/२० तोला सुन लगेको प्रारम्भिक जानकारी आएको बताए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>