Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पर्साको ठोरीमा फेरि हात्ती आतङ्क, एघार घर ध्वस्त - Himalkhabar.com

थप समाचारसोमबार, माघ १, २०६९

पर्साको ठोरीमा फेरि हात्ती आतङ्क, एघार घर ध्वस्त

हिमालखबर

फाइल तस्बीर

२९ पुस राति करिब ११ बजेतिर ठोरी–१ मा प्रवेश गरेको गोविन्दे नाउँको जङ्गली हात्तीले स्थानीय अर्जुन गिरी, तारा थापालगायत ११ जना स्थानीयवासीको घर भत्काइदिएको ठोरीबाट स्थानीय शिक्षक प्रेम लामाले जानकारी दिए । उनले सोही हात्तीले विगत १५ दिनदेखि शृंखलाबद्ध रुपमा ठोरीमा आतङ्क मच्चाइरहेको पनि बताए ।

ठोरीमा हात्ती नियन्त्रणका लागि सरकारले ऋषि ढकालको नेतृत्वमा तीन सदस्यीय टोलीसमेत परिचालन गरेको छ । टोलीले आफूले भ्याएसम्म हात्ती नियन्त्रणका लागि प्रयास गरिरहेको टोलीप्रमुख ढकालले बताएका छन् । ठोरीमा १५ दिनको अन्तरालमा ३० भन्दा बढी घर हात्तीले ध्वस्त पारेको पनि स्थानीयवासीले बताएका छन् । गएको असोज ३० गते हात्तीको आक्रमणबाट ठोरीमा स्थानीय रामप्रसाद मोक्तानको ज्यान गएको थियो ।

यसैगरी, २९ पुस राति नै पर्साको बागवन्न गाविस–९ मा पनि हात्तीले आतङ्क मच्चाएको गाउँले जानकारी दिएका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>