रमझममंगलबार, माघ २, २०६९
एकबाट दुई हुनुमा बडो मजा हुँदो रहेछ: विद्या बालन
एक महिनाअघि मात्रै बिवाह गरेकी विद्याले मुम्बईमा आयोजित स्क्रीन अवार्ड समारोहमा आफ्नो बिहेको प्रसंग झिक्दै भनिन्, “बिहे भएको एक महिना पनि भएको छैन, त्यसैले बिहेपछि मेरो जीवन परिवर्तन भएको मैले महशुस त गरेकी छैन तर, एउटा कुरा भने पक्कै हो ‘एकबाट दुई हुनुमा बडो मजा छ’ ।”
उनले अहिले नारी–शक्तिको जमाना भएको र अब महिलाहरुले अनेकौं रुपमा राज गर्ने भन्दै अहिले नारीत्वका लागि खुशी मनाउनु पर्ने समय भएको समेत बताइन् । उनले भनिन, “हामीले विवाहित महिलाहरुको पनि सराहना गर्न सिक्नुपर्छ ।”
पारम्परिक गहना र साडीमा प्रस्तुत भएकी विद्याले आफूलाई फिल्म निर्माण गर्ने चाहना भएकोदोहोर्याउँदै थपिन, “मैले ८० वर्षको उमेरसम्म पनि फिल्म छोडने छैन ।”
पुरस्कारहरुका बारेमा उनले आफ्नो अनुभव सुनाइन, “प्रत्येक प्रशंसा विशेष हुन्छ र प्रत्येक अवार्डले त्यो प्रशंसालाई स्मरणीय बनाउँछ, वर्षौपछि पनि आफूले पाएको अवार्ड हेर्दा लाग्छ, मेरो कामको मान्छेहरुले सरहाना गरेका थिए ।”
पछिल्लो चार वर्षदेखि सर्वश्रेष्ठ अभिनेत्रीको स्क्रीन पुरस्कार पाइरहेकी बिद्याले फिल्म निर्माता सिद्धार्थ राय कपूरसँग गत १४ डिसेम्बरमा बिहे गरेकी हुन् ।
एजेन्सी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
