रमझममंगलबार, माघ २, २०६९
आन्दोलनमा उत्रेका चलचित्रकर्मीमाथी प्रहरी धरपकड
चलचित्र विकास वोर्डलाई स्वायत्त गर्ने, चलचित्र विकास बोर्डमा चलचित्रकर्मीको नेतृत्व हुनुपर्ने, बक्स अफिस प्रर्णाली लागु गर्नुपर्ने र चलचित्र ऐन जारी गर्नुपर्ने लगायतका ९ बुँदे माग राख्दै कलाकारहरु सडकमा उत्रिएका चलचित्रकर्मीलाई प्रहरीले धरपकड गरेको छ ।
२ माघमा सिंहदरबारको पुर्बी गेटमा सञ्चारमन्त्रीका विरुद्ध चर्का नाराबाजी गरिएका बेला प्रहरीले धरपकड गरेको हो । उनीहरुको रयाली सिंहदरबारबाट हनुमानथान हुदै सोही ठाउमा पुगेपछि आन्दोलन गरिरहेका प्रहरीले धरपकड गरेको थियो । रयालीलाई मुलसडकबाट प्रहरीले जर्वजस्त बाहीर निकाल्न खोजेपछि आन्दोलनकारी र चलचित्रकर्मीबीच केही बेर झडप भएको थियो । कालोपट्टी बाँधेर सडकमा उत्रिएका झडप लगत्तै चलचत्रिकर्मीले प्रहरी दमन बिरुद्ध चर्का नाराबाजी गरेका थिए ।
रयाली पुर्वी गेटमा आएर कोणसभामा परिणत भएको थियो । रयालीका सहभागीले सञ्चारमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काललेप्रहरी हस्तक्षेप, दमनले आन्दोलन नरोकीने बताउदैे आफ्नो मागलाई बेवास्ता गरे आन्दोलनलाई झनै चर्काउदै जाने बताए ।
तस्बीरहरु: ऋषिराम कट्टेल/हिमालखबर