थप समाचारबुधबार, माघ ३, २०६९

बेलायतमा पृथ्बीजयन्ती मनाइयो

हिमालखबर

रोयल क्लब नेप्लिज रेष्टुराँ, ग्रिनफोल्डमा यहाँस्थित नेपालीहरु जम्मा भएर राष्ट्रनिर्माणमा पृथ्बीनारायण शाहको योगदानको स्मरण गरे ।

बेलायत निवासी भरत क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा बेलायतस्थित नेपाल सम्बद्ध विभिन्न संघसंस्था र राजनीतिक संगठनका प्रतिनिधि, भूतपूर्व गोर्खा सैनिकहरु र बेलायतमा विभिन्न पेशा व्यवसाय गरेर बस्ने र विद्यार्थी नेपालीहरुको सहभागिता थियो ।

कार्यक्रमका सहभागीहरुले विभिन्न धर्म र जातिका नाममा नेपालीहरुबीच फुट आउनु दुखपूर्ण भएको भन्दै गणतन्त्र स्थापना भइसकेको अवस्थामा पनि पृथ्बीनारायण शाहको योगदानलाई विर्सन नहुने बताएका थिए । नेपाल र नेपालीको पहिचान विश्वमै स्थापनाका लागि विदेशमा बस्ने नेपालीहरुले कार्य गरिरहेका बेला स्वदेशमा भने विभिन्न जाति र सम्प्रदायका नाममा विभेद हुनु र राष्ट्रनिर्मातालाई विर्सनु दुखपूर्ण भएको उनीहरुको भनाई थियो ।

कार्यक्रममा पृथ्बीनारायण शाहको योगदानमाथि परिचर्चा हुनुका साथै कविता वाचन पनि गरिएको थियो ।
नारायणबहादुर अधिकारी, बेलायत

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...