Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेता बास्तोलाको स्वास्थ्यमा सामान्य सुधार - Himalkhabar.com

थप समाचारबुधबार, माघ ३, २०६९

नेता बास्तोलाको स्वास्थ्यमा सामान्य सुधार

हिमालखबर

करिव तीन सातादेखि भेन्टिलेटरमा राखिँदै आएका बास्तोलाको स्वास्थ्यमा सुधार हुन थालेपछि दुई दिनअघि भेन्टिलेटर हटाई अक्सिजन दिन थालिएको उनका आफन्त प्रमोदचन्द्र शर्माले जानकारी दिए । बास्तोलाको अहिले पनि बेहोश अवस्थामै उपचार भइरहेको छ ।

मस्तिष्कको शल्यक्रियापछि निस्कने गरेकोे पीप र पानी पूर्णरुपले बन्द भइसकेको र घाउ पनि चार पाँच दिनभित्र सुक्ने उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै शर्माले बताए । मस्तिष्कघात दाहिनेपट्टि भएकाले यसको कुप्रभाव अन्य अङ्गमा पर्ने सम्भावना न्यून रहेको बताइन्छ ।

दुई साताभित्र उनको स्वास्थ्यमा व्यापकरुपमा सुधार हुने चिकित्सकहरुले बताएका छन् । गत १४ पुसमा मस्तिष्कघात भएपछि बास्तोलाको सिलगुडीस्थित न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको थियो । त्यसपछि उनलाई १६ पुसमा भारतको नयाँ दिल्ली नजिक गुडगावँस्थित मेदान्त अस्पताल लगिएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>