रमझमबिहीबार, माघ ४, २०६९
पर्यटन र संस्कृति प्रर्वद्धनमा आरुघाट महोत्सव (फोटो फिचर)
गोरखा उद्योग बाणिज्य संघ आरुघाट बजार ईकाइ समिति, आरुघाट युवा क्लबको आयोजना र आरुचनौटे गाउँ विकास समितिको सह–आयोजनामा पहिलो पटक आयोजित आरुघाट महोत्सव सफलतापुर्वक सम्पनन भएको आयोजकहरुले जनाएकाछन् ।
स्थानीय उत्पादित कृषि उपजहरुको प्रदर्शनी, बुढिगण्डकी नदीमा जलयात्रा र हेलिकप्टेरबाट मनास्लु हिमालको दृष्याबलोकन मेलाको मुख्य आकर्षणको रुपमा रहेको छ । पाँच दिन सम्म चलेको महोत्सवको नेपाली काँग्रेसका नेता शेर बहादुर देउबा र एमाओवादीका नेता कृष्णबहादुर महराले उदघाटन गरेका थिए ।
गोरखा जिल्लाको आरुचनौटे गाउँ विकास समिति वडा नं १ घरेलुचौरमा सञ्चालनभएको महोत्सवमा विभिन्न जातजातिहरुले आफ्नो भेषभुषा सहित विविध झाँकी सहितको रयाली प्रर्दशन गरेका थिए । गोरखाको आरुघाटमा बसोबास गर्ने विभिन्न जात जातीको परम्परागत संस्कृति झल्कने झाँकीहरु, भजन, चुड्का, सोरठी, लाखेनाच, टाकटुके नाच र पञ्जेवाजा समेत रहेको थियो । ३४ सदस्यीय मूल आयोजक समिति र अन्य २४ वटा विषयगत समितिहरु क्रियाशील रहेको महोत्सव ५० हजार भन्दा बढि दर्शकहरुले अवलोकन गरेको बताईएको छ ।
आरुघाट क्षेत्रलाई मनास्लु पर्यटनको प्रमुख द्धारको रुपमा स्थापित गराउने मुख्य उदेश्य महोत्सवको रहेको थियो । महोत्सवले विभिन्न जाति तथा समुदायको कला संस्कृति जगेर्ना गर्न सहयोग पुगेको आयोजकहरुलेबताए।
शब्द/ तस्बीर : राधिका श्रेष्ठ/आरुघाट