थप समाचारबिहीबार, माघ ४, २०६९

ड्रिङ्क एण्ड ड्राइभ आत्महत्याः प्रहरी महानिरीक्षक

हिमालखबर

जिल्ला प्रहरी कार्यालय पाल्पा र श्रीनगर यातायात ब्यावसायी संघले ४ माघमा तानसेनमा आयोजना गरेको चालक परिचय पोशाक बितरण कार्यक्रममा बोल्दै महानिरीक्षक रानाले सार्वजनिक सवारी साधन चालकहरुलाई मादक पदार्थ गरेर यात्रुको जीवन जोखिममा पार्ने अधिकार नभएको बताए । कार्यक्रममा रानाले भने, “मापसे गरेर सवारी हाँक्नु सिधै हत्यारा बन्न खोज्नु हो ।”  उनले दैवी बिपक्ती भन्दा सवारी दुर्घटनामा ज्यान जानेहरू चार गुणा बढी भएको उल्लेख गरे ।

प्रहरी नायब महानिरीक्षक तथा पश्चिम क्षेत्रीय प्रहरी प्रमुख रमेशशेखर बज्राचार्यले चालकलाई परिचय पत्र र पोशाक अनिवार्य गर्दा दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने बताए । कार्यक्रममा श्रीनगर यातायात ब्यासायी संघमा आबद्ध ५० चालकलाई सवारी चालक पोशाक बितरण गरिएको थियो ।

देव पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>