Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विदेशी मुद्राको नियमन थप कठिन - Himalkhabar.com

अर्थ/बजारबिहीबार, माघ ४, २०६९

विदेशी मुद्राको नियमन थप कठिन

हिमालखबर

पर्यटकले खल्तीमा बोकेर ल्याउने विदेशी मुद्रालाई ब्याङ्किङ प्रणालीभित्र ल्याउने काम नेपाल राष्ट्र ब्याङ्कका निम्ति टाउको दुखाइ बनेको छ । हुन्डिबाट भित्रिने रकम ठूलो समस्या बनिरहेका बेला नेपाल आउने पर्यटकहरुले सिधै गर्ने खर्चबाट बजारमा छरिने विदेशी मुद्रा पनि नियमनको दायरामा ल्याउन कठिन बनेको हो ।
नेपाल घुम्न आउने विदेशी पर्यटकले १० हजार अमेरिकी डलरसम्म साथमा ल्याउन पाउँछन् । त्यो भन्दा बढी रकम भएमा उनीहरूले त्रिभुवन विमानस्थलमा ओर्लिएपछि स्रोत खुलाउनु पर्छ । “पर्यटकले लिएर आएको अमेरिकी डलर तथा अन्य परिवत्र्य विदेशी मुद्रा ठमेललगायतका स्थानमा किनमेल गर्दा सिधै पसलेलाई दिन्छन्” राष्ट्र ब्याङ्कको विदेशी व्यवस्थापन विभागका एक अधिकारी भन्छन्, “त्यो पैसा पसलेले कलेक्टरहरुसँग साटेर नेरु बनाउँछन् र अन्त्यमा कलेक्टरबाट तस्करहरूको गिरोहले फेरि गैर–कानुनी ढंगले विदेश लैजाने गरेको देखिन्छ ।”

पसलेहरूले स–साना नोट लिने गरे पनि त्यो कलेक्टरकहाँ पुग्दा धेरै हुने र त्यहीँबाट तस्करी हुने उनको भनाइ छ । हुन्डिबाट आएको रकम पनि यसैगरी बजारमा केहि समय घुमेर तस्करी हुने गरेको भेटिएको छ । हुन्डिको च्यानलबारे केन्द्रिय ब्याङ्कले गत बर्ष सुक्ष्म अनुसन्धान समेत गरेको थियो ।

वित्तिय प्रणालीभित्र प्रवेश नै नगरी बजारमा घुमेर तस्करी हुने गरेकाले नेपालमा कति विदेशी मुद्रा आउजाउ भइरहेको छ भन्ने यकिन तथ्यांक समेत बाहिर आउन सकेको छैन । सोही कारण विभिन्न समयमा पक्राउ पर्ने तस्करहरूसँग करोडौं रकम बराबरको विदेशी मुद्रा भेटिने गर्छ ।

गएको १९ असोजमा फ्लाई दुबई एयरलाईन्सबाट दुबई जान लागेका भारतीय मुलका यात्रु विनोदकुमार सोनीले अवैध ढंगले लैजान लागेको रु.९ करोड बराबरका बिभिन्न मुलुकका मुद्रा बिमानस्थल प्रहरीले पक्राउ गरेको थियो । सो रकम विमानस्थलका तत्कालीन एसएसपी रविराज श्रेष्ठको सहयोगमा उनका चालक शोभित कार्कीले जहाजसम्म पु¥याइ दिएको खुलेको छ ।
यसरी सुरक्षा संयन्त्रबाटै तस्करीमा सहयोग भएकाले पनि केन्द्रिय ब्याङ्कलाई नियमन गर्न कठिन परेको हो । सोनी पक्राउ परेपछि फरार रहेका चालक कार्कीलाई पुस अन्तिम साता प्रहरीले बिराटनगरबाट पक्राउ गरेको थियो । त्यसपछि उनलाई काठमाडौं जिल्ला अदालतले रु.२ करोड ४१ लाख धरौटी माग्दै धरौटी बुझाउन नसकेपछि जेल चलान गरेको छ ।
प्रभात भट्टराई

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>