रमझमबिहीबार, माघ ४, २०६९
आन्दोलनकारी चलचित्रकर्मी प्रहरी नियन्त्रणमा
चलचित्र विकास वोर्डलाई स्वायत्त गर्ने, चलचित्र विकास बोर्डमा चलचित्रकर्मीको नेतृत्व हुनुपर्ने लगायतका ९ बुँदे माग राख्दै आन्दोलरत चलचित्रकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
४ माघमा चावहिलस्थित चलचित्र विकाश वोर्डमा प्रहरीले फोडेको ताला लगाएर नाराबाजी गर्दै प्रर्दशन गर्दै गर्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई गौशालामा प्रहरी प्रभागमा राखेको छ । प्रहरी नियन्त्रण्मा पर्नेहरुमा नायिका करिष्मा मानन्घर, सुरेस दर्पण पोखरेल, लक्ष्मी गिरी, सुमिना घिमीरे, नवल खड्का, ऋचासिंह ठकुरी, बसुन्धरा भुषाल, मौसमी मल्ल, विमल पौडेल, एमएस अग्रज, योगेन्द्र श्रेष्ठ लगायत छन् ।
प्रहरी नियन्त्रणमा रहेका नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले प्रहरीले गौशाला प्रहरी प्रभागबाट हस्तक्षेप, दमनले आन्दोलन नरोकीने बताउदैे आजैबाट प्रहरी नियन्त्रणबाट छुटे लगतै विकाशवोर्डमा अनसन बस्ने बताए । उनले भने ,“प्रहरीले छाडेन भने अब हामी प्रहरी कार्यलय भित्रै अनसन बस्ने तयारी गर्दैछौ ।”