Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेसको विरोध जुलुस - Himalkhabar.com

थप समाचारबिहीबार, माघ ४, २०६९

कांग्रेसको विरोध जुलुस

हिमालखबर

नेपाल महिला सङ्घ, नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घले संयुक्तरुपमा आज काठमाडौँको शान्तिबाटिकाबाट निकालेको जुलुश भोटाहिटी, असन हुँदै इन्द्रचोकमा पुगेर सभामा परिणत भएको थियो ।

सो अवसरमा सहभागीहरूले पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई कारबाही गर्नुपर्ने, महिलामाथिको हिंसामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने, सिन्धुली कारागारमा रहेका तरुण दल सदस्य निरज देवकोटा तथा नेपाली काँग्रेस रुकुम दुली गाविसका अध्यक्ष कविराज खत्रीको हत्याको अनुसन्धान गरी अपराधीलाई कारबाही र पीडितलाई अविलम्ब न्याय दिलाउनुपर्ने जस्ता माग लेखिएका प्लेकार्ड बोकेका थिए ।

¥यालीपछि आयोजित सभामा नेपाली कांग्रेसका नेता तीर्थराम डङ्गोलले देशमा अमनचैन र नागरिकलाई सुरक्षा दिन नसक्ने वर्तमान सरकारको बर्हिगमनपछि मात्र मुलुकको राजनीतिक गतिरोध अन्त्य हुने बताए ।

कांग्रेस काठमाडौंका सभापति भीमसेनदास प्रधान, नेपाल महिला सङ्घका अध्यक्ष डा डिला सङ्ग्रौलालगायतले विधिको शासन तथा मानव अधिकारको उल्लङ्घन गर्दै अघि बढेको सरकारविरुद्ध लोकतन्त्रमा आस्था राख्ने सम्पूर्ण राजनीतिक दलका भ्रातृ संस्थालाई दृढतापूर्वक लाग्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>