थप समाचारशुक्रबार, माघ ५, २०६९

केशव स्थापित प्राधिकरणबाट हटाइए

हिमालखबर

४ माघमा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितलाई अवकास दिई पराजुलीलाई ल्याएको हो । उनी गत बैशाखमा प्राधिकरण आयुक्तमा नियुक्त भएका थिए । स्थापितको कामप्रति प्रधानमन्त्री असन्तुष्ट भएको र उनीसँग राजीनामा माग्दा पनि स्थापितले राजीनामा नगरेको खबरहरु यसअघि सञ्चारमाध्यममा आएका थिए ।

स्थापितले काठमाडौं उपत्यका विकासको योजना प्रधानमन्त्री पत्नी हिसिला यमीलाई सुनाएपछि यमीले नै प्रधानमन्त्रीसँग भेट गराई आफू प्राधिकारणमा नियुक्त हुन सकेको यसअघि एक दैनिक पत्रिकामा अन्तर्वार्ता दिएका थिए । तर, पछिल्लो समयमा काठमाडौंमा सडक विस्तारको ठेक्का दिने सम्बन्धमा यमी र स्थापितको कुरा नमिलेपछि उनलाई हटाइएको स्थापित निकट स्रोतले दाबी गरेको छ । त्यस्तै सुकुम्वासी समस्या समाधान र सडक विस्तारबारे पनि प्रधानमन्त्री र स्थापितबीच मतभेद रहेकोले उनलाई हटाउनकै लागि प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । समितिले स्थापितले उपत्यका विकासको कुनै काम नगरेको प्रतिवेदन पेश गरेपछि उनलाई हटाइएको हो ।

स्थापितलाई एमाओवादी पार्टीमा प्रवेश गराउने प्रधानमन्त्री बाबुराम भट्टराईको धोको पूरा नहुँदा पनि उनी हटाइएको हुनसक्ने स्रोतको दाबी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>