रमझममंगलबार, जेठ ९, २०६९

कलाकारहरुको बन्द अनुभव

Rishiram Kattel

करिष्मा मानन्धर, नायिका

कसैले समर्थन गर्दैन – करिष्मा मानन्धर, नायिका

बन्द गर्नु आफैंमा राम्रो होइन । हाम्रो देशमा मिलेर बसेका यति धेरै जातजाति छन्, एक्कासी जातीय विखण्डनको कुरा सुन्दा चिन्ता लागेको छ । कुनै कुरा भन्नै पर्दा पनि जनतालाई यसरी दुःख नदिई राम्रो तरिकाले भन्न सकिन्छ । बन्दको सन्देश विदेशमा पनि पक्कै राम्रो गएको छैन ।

तुलसी घिमिरे, निर्देशक

गरिखान देऊ – तुलसी घिमिरे, निर्देशक
अहिले जातीयताको कुरा झिकेर नेपालीलाई एकआपसमा लडाउने काम भइरहेको छ । फिल्ममा जातीय भन्ने कुरा हामीले कहिल्यै सोचेनांै । सबै मिलेर बसेको चार जात छत्तीस वर्णको साझा फूलबारीलाई किन जात जातको बनाउन खोजिंदैछ ? बन्दका कारण ‘दृष्टिकोण’ फिल्मको शुरू गरेको काम गर्न पाइएको छैन । घरमै बसेर दिन कटाउनु परेको छ । बन्दकर्तालाई आग्रह गर्छु सर्वसाधारणले गरिखान पाउनुप¥यो ।

राजेश पायल राई, गायक

दुःख नदिऊँ –राजेश पायल राई, गायक
बन्द त नेपालीको नियति भइसक्यो । यसले राज्यलाई धेरै घाटा भएको छ । नेताहरूले ‘मेरो गोरुको बाह्रै टक्का’ भनेकाले पनि जनताले दुःख पाइरहेका छन् । नेताहरूमा आग्रह छ, कृपया जनतालाई दुःख दिने काम नगर्नुस् । सामान्य कुरामा बन्द हड्ताल नगरिदिनुस्, सबैलाई गरी खान दिनुस् ।

इन्दिरा जोशी, गायिका

जातीय युद्धमा नलैजाऊ – इन्दिरा जोशी, गायिका

बन्दप्रति मेरो कत्ति पनि समर्थन छैन । चार जात छत्तीस वर्णको साझा फूलबारीको मुलुकलाई यसरी बन्द गरेर जातीय युद्धतर्फ धकेल्न खोजेको कसैलाई पनि मन पर्दैन । बन्दका कारण रेकर्डिङ, स्टेज कार्यक्रम केही पनि गर्न पाएको छैन । मलाई त यस्तो छ भने दिनभरि नकमाए बेलुका खान नपाउनेलाई कति गाह्रो भएको होला ?

केदार घिमिरे (माग्ने बुढो)

विकल्प खोजौं – केदार घिमिरे (माग्ने बूढो)
राजनीतिक दल र संघसंस्थाले पालैपालो बन्द गरेर जनतालाई दुःख दिएका छन् । सरकार पनि बन्द नगरी कुरै नसुन्ने बाक्लो काने भयो । बन्दबाट जनता कति पीडित भएका छन् भन्ने कुरा सम्बन्धित पक्षले बुझ्नुपर्दछ । अब बन्दको विकल्प खोजियोस् ।

दयाहाङ राई, अभिनेता

गम्भीर बन – दयाहाङ राई, अभिनेता
बन्द हाम्रो देशमा फेशन जस्तै भएको छ । बन्द अवश्य पनि ठीक हैन तर सरकारले माग नसुनेपछि ऐतिहासिक कामका लागि यो बन्द गरेकाले हामी चूप लागेका हौं । बन्दका कारण आफ्नो काम समेत गर्न पाएका छैनौं । बन्दकर्ता र सरकार दुवै यसमा गम्भीर हुनुपर्दछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>