Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
समिकरणको आधार लोकतान्त्र नै थियो - Himalkhabar.com

अन्तर्वार्ता/विचारशुक्रबार, माघ ५, २०६९

समिकरणको आधार लोकतान्त्र नै थियो

हिमालखबर

कानून ब्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनका नव निर्वाचित अध्यक्ष हरिकृष्ण कार्कीसँगको संक्षिप्त कुराकानी:

भिन्दै सिद्धान्त बोक्नेहरुसँगको समिकरणबाट चुनाव जित्नुभयो नी ?
हामी सबै कानून ब्यवसायी लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध छौं । गठबन्धन निर्माण गर्ने बेलामा नै हामीले लोकतन्त्रका मूलभुत मान्यता र आदर्शसंग कुनै सम्झौता नगर्ने प्रतिबद्धता सार्वंजनिक गरेका थियौं । समिकरणको आधार नै त्यही हो । यसलाई अलोकतान्त्रिक समूहसँगको साँठगाँठको रुपमा बुझ्नु हुँदैन ।

नेपाल बारमा तपाईं निर्वाचित हुनुले के फरक पार्छ ?
बदलिंदो परिस्थितिले हामी कानून व्यवसायीका परम्परागत मूल्य र मान्यतामा पनि फरक ल्याएको छ । अहिले युग सुहाउँदो क्षमता भएका कानून व्यवसायीहरु उत्पादन गर्नुपर्ने चुनौति नेपाल बार एशोसिएशनका अगाडि छ । जस्तो, विश्व ब्यापार संगठन (डब्ल्युटिओ) मा नेपाल प्रवेश गरिसकेको छ, तर त्यससम्बन्धी गहिरो ज्ञान भएका कानून ब्यवसायीको संख्या अत्यन्त न्युन छ । कानून ब्यवसायीहरुको सूचना संयन्त्रलाई मजबुत बनाउनुपर्ने अर्को चुनौती छ । मुलुकलाई अहिलेको संक्रमणबाट निकास दिने जनमत निर्माणको काम पनि नेपाल बारले गर्नेछ । कानूनबिद्हरुको सल्लाहमा साझा धारणा निर्माण गर्दै मुलुकलाई वर्तमान गतिरोधबाट निकास दिने गरी न्यायक्षेत्रको बिकास गर्ने कार्यमा मेरो कृयाशीलता रहने छ ।

बार र बेञ्चबीचको द्वन्द्व समाधानतर्फ के पहल गर्नुहुन्छ ?
न्यायालय र बार एकअर्काका सहयोगी हुन् । न्यायालय र बारबीच बेला–बेला केही असमझदारी देखिएपनि अहिलेसम्म ठूलो जटिलता आएको छैन । हामी सक्षम र स्वतन्त्र न्यायालयको पैरवी गर्छौं । जनताले छिटो न्याय पाएको अनुभूति गर्नुपर्छ । त्यसमा बारले न्यायालयलाई सहयोग गर्नेछ ।

नेपालको न्याक्षेत्रमा कस्तो सुधार आवश्यक छ ?
क्षमता अभिबृद्धि, स्वच्छता, बढी जवाफदेही, शिघ्र फैसला आदी न्यायपालिकाको शुद्धिकरणसंग जोडिएका मुद्दाहरु हुन् । यसका लागि हामी सरोकारवालाहरुलाई दवाब दिनेसम्मका कामहरु गर्नेछौं । नेपाल बार एशोसिएशन न्यायपालिकाप्रति जनविश्वास वृद्धीमा सहयोगी हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>