खेलकुदशुक्रबार, माघ ५, २०६९
थ्रीस्टार र मध्यपुरको जीत
राजधानीमा ५ माघमा भएको खेलमा संकटा क्लबलाई पराजित गरेपछि थ्रीस्टारको १४ खेलबाट ३२ अंक भएको छ । दोस्रो स्थानमा रहेको आरसिटीले १४ खेलबाट २६ तथा तेस्रो स्थानको मछिन्द्रले १३ खेलबाट २६ अंक जोडेका छन् ।
थ्रीस्टारले सन्तोष साहुखल, फेमी जोशु र विष्णु गुरुङको गोल मद्दतले संकटालाई ३–० गोल अन्तरले पाखा लगाएको हो । आजको हारसँगै १७ अंकसहित दशौंस्थानमा रहेको संकटाको सुपर एट पुग्ने संभावना कठिन बनेको छ ।
आजै भएको अर्को खेलमा रेलिगेसन क्षेत्रमा रहेको मध्यपुर एसोसियसनले जावलाखेल क्लबलाई १–० ले पराजित गरेको छ । समान १४ खेल खेलेको मध्यपुरको १३ तथा जावलाखेलको १४ अंक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
