रमझमशुक्रबार, माघ ५, २०६९

हिट्स एफएम म्युजिक अवार्ड: नरेन्द्र र रजिना सर्वोत्कृष्ट गायक-गायिका

हिमालखबर

बधाई :५ माघमा सम्पन्न हिट्स एफएम म्युजिक अवार्डमा सर्वोत्कृष्ट गीति संग्रहको अवार्ड आनी छोइङ डोल्माबाट लिदै गायिका रिमा गुरुङ होडा । तस्बीरः हिमालखबर

हिट्स नेपाल प्रालिले हरेक वर्ष गर्दै आएको हिट्स एफएम म्युजिक अवार्डमा आधुनिक संगीततर्फ रजिना रिमाल र नरेन्द्र व्यासी सर्वोत्कृष्ट गायक-गायिकाको अवार्ड जित्न सफल भएका छन ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा सम्पन्न १६ संस्करणको यो अवार्डमा १९ विधाका कलाकार तथा उनीहरुका सिर्जनालाई अवार्ड प्रधान गरियो । अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र गीत भक्तराज आचार्य, सर्वोत्कृष्ट यूगल गायन स्वरुपराज आचार्य र अन्जु पन्त, सर्वोत्कृष्ट महिला गायन पप श्रेया सोताङ, सर्वोत्कृष्ट पुरुष गायन पप योगेश्वर अमात्य, र सर्वोत्कृष्ट नव प्रतिभा नवक्रान्तीले पायो ।

हिट्स एफएम म्युजिक अवार्डमा श्रेया सोताङ, राजेशपायल राई र नरेन्द्र प्यासी ।

यता सर्वोत्कृष्ट लोक गीतबाट राजेश पायल राईले अवार्ड हात पारे भने सर्वोत्कृष्ट लोक गीति संग्रह लोक माला भाग २ का लागि भानु ओली र जुना प्रसाईले पाए । सर्वोत्कृष्ट पप संगीत सृजना अल्बर्ट गुरुङ, सर्वोत्कृष्ट रक संगीत सृजना मंकि टेम्पल, सर्वोत्कृष्ट रक गायन र सर्वोत्कृष्ट समुह गायन रविन एण्ड द न्यु रेभोल्युशन, सर्वोत्कृष्ट पप—रक गीति संग्रह एड्रियन प्रधानले हात पारे ।
दीप श्रेष्ठले गाएको ‘बादलहरु…’ले वर्षको गीत सहित सहित ३ अवार्ड आफ्नो पोल्टामा पार्न सफल भयो । यही गीतबाट राजु सिंहले सर्वोत्कृष्ट संगीत सृृजनाबाट अवार्ड पाए भने गोपाल रसाइली सर्वोत्कृष्ट संगीत संयोजनको अवार्ड पनि हात पारे । वर्ष सर्वोत्कृष्ट रचनाको अवार्ड ‘जमाना खराव छ…’ बाट कृष्ण हरि बरालले पाए । सर्वोत्कृष्ट गीति संग्रह रिमा गुरुङ होडाको समय संगीत भयो ।

अवार्ड कार्यक्रममा अवार्ड पाएका स्वरुपराज आचार्य, अन्जु पन्त, योगेश्वर अमात्य, कृष्ण हरि बराल, भत्तराज आचार्य, दीप श्रेष्ठ, एड्रिन प्रधान लगायतका धेरै जसो कलाकार अवार्डमा उपस्थित नहुदा कार्यक्रम खल्लो महसुस गरिएको थियो । कार्यक्रममा यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड संगीतज्ञ चन्द्र राज शर्मालाई प्रधान गरियो भने गायक संगीतकार तथा गीतकार स्व. भीम विरागलाई सम्मान अर्पण गरिएको थियो ।

-राधिका श्रेष्ठ (प्रशीक्षार्थी)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>