थप समाचारशनिबार, माघ ६, २०६९
महाकुंभ– विश्वकै सबैभन्दा ठूलो भेला
बैदिक युगदेखि नै शुरु भएको मानिने यो मेलामा संगममा स्नान गर्नाले पुण्यप्राप्ति हुने लोक विश्वास रहेको छ । महाकुंभमा नेपाललगायत विश्वका विभिन्न भागबाट श्रद्धालु र पर्यटकहरुसमेत पुग्ने गर्दछन् । महाकुम्भको शुरुको दिन करिब ८५ लाख व्यक्तिले संगममा स्नान गरेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
अनेक साधुहरु
कुंभ मेलामा विश्वभरबाटै साधुसन्तहरु आउने गर्छन् । त्यसमध्येका एक छन् फेसबुक बाबा जो फेसबुक र ट्विटरमा पनि सक्रिय छन् । महंत रबिन्द्रानन्द सरस्वती नामका जूना अखाडाका यि बाबाले अन्य साधुहरु भन्दा फरक समाजसँग जोडिइरहन इन्टरनेटको प्रयोग जरुरी भएको बताउँछन् । ल्यापटपसँगै धुनी तापी रहेका उनी फेसबुक मार्फत समाजका ज्वलन्त मुद्दामा आफ्नो धारणा सार्वजनिक गर्ने बताउँछन् ।
अर्का छन् रामपुरी बाबा । उनी सन् १९७१ देखि नै कुंभ मेलामा आइरहेका अमेरिकी हुन् । हिंदी स्पष्ट बोल्ने उनको आफ्नै वेबसाइट पनि छ, रामपुरी डट कम । अध्ययनमा अत्यन्तै रुचि राख्ने रामपुरी बाबाले किताब पनि लेखेका छन् । हरिद्वार आश्रममा बस्ने रामपुरी बाबाले सलमान रुस्दीदेखि जर्ज अरवेल र एडवर्ड सेडजस्ता लेखकका किताब पढ्न सल्लाह दिन्छन् ।
एक अमेरिकी ग्राफिक डिजाइनर बेंजमिन पनि कुम्भ मेलामा भेटिए । बीबीसीका अनुसार बेंजामिनका बाबु आमा यहुदी हुन् तर बेंजामिनले हिंदूधर्मको दिक्षा लिए । सेतो धोती कुर्तामा सजिएका बेंजामिनको घाँटीमा रुद्राक्षको माला पनि छ । उनी कुंभमा आउनुको कारण भन्छन्, “आस्था हो, के थाहा यहीं मोक्ष प्राप्ति हुन्छ कि ?”
कुम्भ मेलाकै अवसर पारेर एक अष्ट्रेलियन परिवार पनि इलाहावाद आइपुगेको छ । उनीहरु इलाहावादमा हिंदी बोल्न सिक्दैछन् भने श्रद्धालुहरुलाई नदी पार गर्न सजिलो होस भनेर डुंगा बनाउन पनि जुटेका छन् ।
सेलेब्रेटीहरु पनि
भारतकै बलिउड अभिनेतादेखि हलिउड स्टारसम्म पनि महाकुंभमा आउने गर्छन । ५५ दिनसम्म चल्ने यो मेलामा कैयाँै फिल्महरुको सुटिङ पनि हुने भएको छ । भारतीय अभिनेता अमिताभ बच्चनदेखि अक्षयकुमारसम्म आउने कार्यक्रम तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बीबीसी र एजेन्सीहरुको सहयोगमा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
