Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पाँच भारतीय हतियारसहित पक्राउ - Himalkhabar.com

थप समाचारशनिबार, माघ ६, २०६९

पाँच भारतीय हतियारसहित पक्राउ

हिमालखबर

वीरगञ्जका ठूला सुन व्यापारीको हत्या तथा लुटपाट गर्ने उद्देश्यले आएका पाँचजना भारतीय अपराधीलाई प्रहरीले ५ माघ राति हतियारसहित पक्राउ गरेपछि उनीहरुको योजान विफल भएको छ ।

हत्या एवम् लुटपाटको योजनासहित भारतीय अपराधी जिल्ला छिरेको पूर्वसूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगन्जको घण्टाघर लिङ्करोडमा अवस्थित रेडरोज गेस्टहाउस र कुम्हालटोलमा छापामारी तीन थान नलकटुवा पेस्तोल र १२ थान गोलीसहित भारत विहार बेतिया निवासी पाँचजना अपराधीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए ।

लोडसेडिङ्को मौकाछोपी अभियुक्तहरुले वीरगञ्जका ठूला सुन व्यापारीलाई लुटपाट गर्नुका साथै हत्यासमेत गर्ने योजना बनाएको उपरीक्षक अधिकारीले बताए । अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयले ६ माघमा पत्रकारसम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>