रमझमशनिबार, माघ ६, २०६९
दुई भाषामा साहित्यक पत्रिका ‘ललित’

एक सामारोहका बीच पत्रिकामा प्रकाशीत लेख रचनाका लेखक, साहित्यकारहरुको हातबाट ललितको विमोचन गरिएको थियो । तस्बीर: सशांक श्रेष्ठ
६ माघमा ललितपुरस्थित पाटन म्युजियममा एक सामारोहका बीच पत्रिकामा प्रकाशीत लेख रचनाका लेखक, साहित्यकारहरुको हातबाट ललितको विमोचन गरिएको थियो । २१० पृष्ठकोको यस पत्रिकामा नेपाली र अंग्रेजी भाषामा कथा, कविता, निबन्ध, रिपोर्ट, अन्तवार्ता, समिक्षा सँगै तस्बीर कथा समेत समावेश छन् । समारोहमा बोल्दै लेखक खगेन्द्र संग्रौलाले ललितको प्रकाशनले नेपाली साहित्यलाई अंग्रजी भाषाका पाठकहरु माझ समेत पुरयाउनमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।
रवि थापा सम्पादक रहेको पत्रिकाकाका सहसम्पादकहरुमा आन्बीका गिरी, प्रनबमान सिंह, प्रविन अधिकारी र तस्बीर सम्पादकमा नयनतारा कक्षपति रहेकाछन् । रु. ५०० मुल्य राखीएको सफु ललितपुरद्धारा प्रकाशीत पत्रिकाको मासीक, त्रैमासीक, अर्ध वार्षिक या वार्षिक भनेर खुलाईएको छैन् । सम्पादक रवि थापाले कम्तीमा वर्षमा एउटा भए पनि अंक निकाल्ने हिमालखबरलाई बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
