थप समाचारआइतबार, माघ ७, २०६९
पाँच हजार किरिया खर्च तिर्न सकिनन् तीर्थाले
३४ वर्षका शेरबहादुर बादीको चिसोले कठांग्रिएर २० पुसमा मृत्यु भएपछि किरियाका लागि कपडा, दाउरा, चिनी र चामल किन्दा लागेको ५ हजार रुपैयाँ ऋण तिर्न सकेकी छैनन् भने अर्कोतिर उनका तीन छोरा र एक छोरीको स्वास्थ्य पनि न्यानो लुगा र खानाको अभावमा बिग्रंदै गएको छ ।
पाँच बर्षदेखि भेरी किनारामा बस्दै आएका शेरबहादुर खाना खाएर सुतेको केही समयपछि ओछ्यानमै मृत्यु भएको थियो । तीर्थाका अनुसार उनले छिवाङ चौतारा टोलका पसलहरुबाट उधारोमा सामान किनेकी थिइन् । अहिले तिर्था छोराछोरीलाई लिएर माग्दै हिंडेकी छन् ।
पति हुँदा दिउँसो नदीमा माछा मारेर साँझ बिहानको गर्जो टार्ने गरेको तिर्थाको परिवार अहिले भोकभोकै बस्नुपरेको छ । भेरीनदी किनारामा अहिले नौ वादी परिवार छन् । यहाँका बालबालिका र बृद्धबृद्धाहरु चिसोले बढी प्रभावित भएका छन । लक्ष्मण केसी, रुकुम
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
