थप समाचारसोमबार, माघ ८, २०६९

बिन्दु हत्यामा परिवारका तीनजनाको संलग्नता

हिमालखबर

हत्यामा बिन्दुका बुबा रामा ठाकुर, आमा गितादेवी ठाकुर र काका राम एकबाल ठाकुर संलग्न भएको ठहर गर्दै सर्वोस्व सहित जन्म कैदको सजायको अभियोग पत्र जिल्ला सरकारी वकिलको कार्यालयमा २७ माघमा पेश गरिएको प्रहरी निरीक्षक रामनाथ घिमिरेले जानकारी दिए ।

बिन्दुको हत्या स्थानीय युवकसंग प्रेम गरेकै कारण भएको प्रहरीको १० पुष्ठ लामो प्रतिवेदनमा उल्लेख छ । प्रेमका कारण सामाजिक प्रतिष्ठामा आँच आउने महशुस गरेर बिन्दुको हत्या उनकै परिवारका सदस्यहरुले गरेको प्रहरी निरिक्षक घिमिरेले बताए । बिन्दुको हत्याको अभियोग पत्र २८ माघमा जिल्ला अदालतमा पेश गरिने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । गएको पुष ११ गते घर नजिककैको बाँस झयाङ्मा जलेको अवस्थामा बिन्दुको शव फेला परेको थियो ।
अली असगर, वीरगन्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>