थप समाचारसोमबार, माघ ८, २०६९
राष्ट्रपतिले नै प्रधानमन्त्री तोक्नुपर्छः पोखरेल
सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले नवौं पटकसम्म म्याद दिँदा पनि निकास आउन नसकेपछि अब राष्ट्रपतिले नै विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको सुझावको आधारमा प्रधानमन्त्री तोक्नुपर्ने नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जोडदिएका छन् ।
नेकपा एमाले अछामको सातौं जिल्ला अधिवेशन उद्घाटनका लागि अछाम पुगेका महासचिव पोखरेलले संविधान र कानूनमा भएका अड्चन हटाई ताजा जनादेशमा जानुको विकल्प नभएको भन्दै थपे, “त्यसका लागि संबैधानिक, राजनीतिक र नैतिक आधार गुमाईसकेको अहिलेको सरकार हटाई राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीको घोषणा गर्नुपर्छ ।”
पहिले कांग्रेस सभापति सुशील कोइरालालाई सहमतीय सरकारको नेतृत्व दिन तयार भएको एकीकृत माओवादी अहिले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने कुरा गरीरहेकोले यो सत्ता लम्ब्याउने बहाना भएको पोखरेलले टिप्पणी गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
