Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रणबीर र विद्यालाई उत्कृष्ट नायक नायिकाको फिल्मफेयर अवार्ड - Himalkhabar.com

रमझमसोमबार, माघ ८, २०६९

रणबीर र विद्यालाई उत्कृष्ट नायक नायिकाको फिल्मफेयर अवार्ड

हिमालखबर

भारतको मुम्बईस्थित यशराज स्टूडियोमा ७ माघ राति आयोजित फिल्मफेयर अवार्ड समारोहमा करिब सम्पूर्ण बलिउडको उपस्थिति थियो । उक्त समारोहमा फिल्म निर्माता अनुराग बासुको फिल्म ‘बर्फी’ र सुजय घोषको ‘कहानी’ कै दबदबा रह्यो ।

रणबीर कपूरले ‘बर्फी’ कै लागि उत्कृष्ट अभिनेताको अवार्ड पाएका हुन् भने विद्या बालनले लगातार दोस्रो वर्ष उत्कृष्ट अभिनेत्रीको अवार्डमा कब्जा जमाइन् । विद्यालाई ‘कहानी’ मा उत्कृष्ट अभिनय गरेवापत ‘बेष्ट एक्ट्रेस’ चुनिएको हो ।

त्यसैगरी उत्कृष्ट फिल्म अनुराग बासुको ‘बर्फी’ बन्यो भने उत्कृष्ट निर्देशक ‘कहानी’ का लागि सुजय घोषले प्राप्त गरे । उत्कृष्ट संगीतको पुरस्कार फिल्म ‘बर्फी’ कै लागि प्रीतमले पाए । सन् २०१२ को ‘ट्रेन्ड सेटर फिल्म’ पनि ‘बर्फी’ नै ठहरियो ।

जोन अब्राहमले निर्माण गरेको फिल्म ‘बिकी डोनर’ बाट करिअर शुरु गरेका आयुष्मान खुरानालाई उत्कृष्ट नव अभिनेताको सम्मान दिइयो भने उत्कृष्ट नब निर्देशकको सम्मान ‘इंग्लिश–विंग्लिश’ का लागि गौरी शिंदेले प्राप्त गरिन् ।

गुलजारलाई फिल्म ‘जब तक है जान’ को गीत ‘छल्ला…’ का लागि उत्कृष्ट गीतकारको सम्मान प्रदान गरियो । यश चोपडाले बनाएको अन्तिम फिल्म ‘जब तक है जान’ कै लागि अनुष्का शर्माले उत्कृष्ट सह–अभिनेत्रीको पुरस्कार पाइन् ।

क्रिटिक श्रेणीमा इरफान खानलाई ‘पान सिंह तोमर’ का लागि उत्कृष्ट अभिनेता चुनियो भने उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘ग्यांग्स अफ वासेपुर’ का लागि रिचा चड्ढाले पाइन् । ‘ग्यांग्स अफ वासेपुर’ लाई नै क्रिटिकतर्फको उत्कृष्ट फिल्मको पुरस्कार दिइयो ।

समारोहमा स्व. यश चोपडालाई बलिउडमा अमूल्य योगदान दिएवापत ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>