थप समाचारसोमबार, माघ ८, २०६९
बङ्गलादेशमा धर्मगुरुलाई मृत्युदण्ड
धर्मगुरु आजाद गत एक वर्षदेखि लुकेर बसेका छन् । उक्त आदेश युद्ध अपराधका आरोपित व्यक्तिमाथि सुनुवाइ गर्न सरकारले गठन गरेको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले दिएको हो ।
आजादमाथि आमहत्या, हत्या, तथा बलात्कारका आठवटा आरोप लगाइएको र सातवटा आरोप प्रमाणित भएको जानकारी न्यायाधीश ओबाइदुल हसनले अदालतमा दिए । निर्णय सुनाउँदा अदालतमा निकै व्यक्ति भेला भएका थिए भने सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
बङ्गादेशका महान्यायाधीवक्ता महबुबी अलामले यो ऐतिहासिक दिन भएको र यसमा मानवताले विजय हासिल गरेको बताएका छन् । अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण बङ्गलादेशको घरेलु अदालत हो र यसलाई अन्तर्राष्ट्रिय मान्यता छैन । यसमा राजनीतिक प्रभाव रहेको आरोप लगाउने गरिन्छ ।
मौलाना आजाद जमाते इस्लामीका सदस्य हुन र सुनुवाईका बेला उनी अदालतमा उपस्थित थिएनन् । उनी अघिल्लो बर्ष नै पाकिस्तान पुगेको बताइएको छ । जमाते इस्लामीले बंग्लादेश पाकिस्तानबाट अलग भएकोमा विरोध गर्दै आएको थियो ।
एएफपी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
