थप समाचारमंगलबार, माघ ९, २०६९

भारतमा पूर्व मुख्यमन्त्री चौटालालाई दश वर्षको जेल सजाय

सञ्जीव शर्मा

हरियाणामा सन् २००० मा शिक्षक भर्तीमा भएको घोटाला प्रकरणमा चौटाला र उनका छोरा सहित ५३ जनालाई अदालतले दोषि ठहर गरेको हो । सीबीआईका विशेष न्यायाधीश विनोद कुमारको इजलासले पूरै प्रकरणको सुनुवाई गरेको थियो ।
चौटाला बाबु छोरा बाहेक भारतीय प्रशासनिक सेवा (आइएएस) का अधिकारी सञ्जीव कुमार, विद्याधर र शेर सिंह बदशामीलाई पनि १० वर्षको सजाय सुनाइएको छ । यो प्रकरणमा चौटाला, अजय चौटाला र अन्य ५३ जनालाई दोषि ठहर गरिएको छ ।

यसअघि चौटालाका समर्थकहरुले दिल्लीको रोहिणीस्थित अदालत बाहिर प्रदर्शन गरेपछि प्रहरीले लाठि चार्ज गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>