थप समाचारमंगलबार, माघ ९, २०६९

बेपत्ता डाक्टर भेटिए

हिमालखबर

७ माघदेखि को १ च ५९६१ नम्बरको मारुती गाडीसहित बेपत्ता भएको र घरपरिवारबाट सम्पर्कविहीन भएपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो ।

डा रौनियारको अपहरण भएको आशङ्कामा प्रहरीमा निजका परिवारले लिखितरूपमा खोजी गर्न माग गरेको थियो ।

रासस

विराटनगरबाट चिकित्सक पनि बेपत्ता

उद्योगी गंगाविसन राठी बेपत्ता भएर खोजी मोरङ प्रहरीले खोजी गरिरहेका बेला विराटनगरबाट एक जना चिकित्सक पनि बेपत्ता भएका छन् ।

हिमालखबर

मंगलबार , ९ माघ २०६९ ५:०३ पम

नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत सप्तरी फत्तेपुर–३ का ३२ वर्षीय डाक्टर विवेककुमार रौनियार दुई दिनदेखि बेपत्ता छन् । रौनियारका दाजु हेम गुप्ता रौनियारले ९ माघमा मोरङ प्रहरीमा निवेदन दिएपछि उनी ७ गतेदेखि नै बेपत्ता रहेको सार्वजनिक भएको हो ।

विराटनगर–६ स्थित महाऋषि फार्मेसीमा बिरामी जा“चेर बेलुका ८ बजे डेरा तर्फ लागेका रौनियार हालसम्म सम्पर्कमा नआएको जनाउँदै प्रहरीमा खोजतलासका लागि दाजु हेमले निवेदन दिएका छन् ।

विराटनगरमा सानीआमाको घरमा बस्दै आएका रौनियार को १ च ५९६१ नम्बरको कारस“गै बेपत्ता भएको र उनको खोजी भईरहेको मोरङ प्रहरीले जनाएको छ । नोबेल मेडिकल कलेज स्रोतका अनुसार चिकित्सक रौनियार बेपत्ता भएदेखि एक जना नर्स पनि घरको सम्पर्कमा छैनन् । नोबेलबाट राजीनामा दिई सकेकी नर्स र चिकित्सक रौनियार स“गै भएको वा नभएको पुष्टि हुन नसकेको एक चिकित्सकले बताए ।

उता उद्योगी राठीको सकुशल रिहाईको माग गर्दै विराटनगरका दुई दर्जन बढी संघ संस्थाले सार्वजनिक अपिल गरेका छन् । राठी काकडभिट्टापारी भारतमा अपहरणमा परेको हुनसक्ने सम्भावना रहेको भन्दै उद्योगीहरुले भारतीय राजदूत समक्ष खोजीको लागि आग्रह गरिसकेका छन् ।

कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>