थप समाचारमंगलबार, माघ ९, २०६९

जुवा खेल्न भारत पुगेका पक्राउ

हिमालखबर

जोगवनीका रामसागर रायको घरमा रहेको जुवाको खालबाट ८ माघमा अररियाका एसपी शिवदीप नेतृत्वको टोलीले १२ जना नेपाली र एक भारतीयलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरु २१ वर्षीय युवकदेखि ७५ वर्षीय बृद्धसम्म रहेको इलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ ।

रानीका प्रहरी निरीक्षक कबिन्द्र कार्कीका अनुसार हाल जोगवनीस्थित भारतीय प्रहरीको नियन्त्रणमा रहेका नेपालीहरुमा विराटनगरका शिवनारायण यादव, रामबहादुर राई, ज्ञानेन्द्र साह, श्याम शर्मा र रामानन्द साह, बविया–४ का नागेश्वर यादव, हात्तीमुढा– ८ का मोहमद अलाउद्दिन र मोहमद सलाउद्दिन छन् । त्यसैगरी चाँदबेलाका मोहमद हरदिस, नरसिंह ४ का कमाल मियाँ, धनकुटा लेगुवाका नगेन्द्र कार्की, सुनसरी दुहबीका मोहमद अइबुल पनि पक्राउ परेका छन् ।

धनकुटाका कार्कीलाई भने जोगवनीस्थित बालाजी स्टोरमा सामान किन्दै गर्दा शंकाको आधारमा भारतीय प्रहरीले पक्राउ गरेको बताइएको छ । जोगवनीका रामसागर रायको घरमा संचालित जुवाको खालमा नेपालीहरुले दैनिक लाखौं उडाउँदै आएका छन् । यसअघि भारतीय एस्पी शिवदिपले जुवाको खाल बन्द गराए पनि पुनः सञ्चालनमा आएको थियो ।

कमल आरएल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>