Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पत्रकारको नाममा ठगी गर्ने पक्राउ - Himalkhabar.com

थप समाचारमंगलबार, माघ ९, २०६९

पत्रकारको नाममा ठगी गर्ने पक्राउ

हिमालखबर

आफुलाई ‘आर्थिक पत्रकार हुँ रु. ५ लाख नदिए ब्यावसाय नै खतम गरिदीन्छु’ भन्दै काठमाडौ, न्युरोडस्थित वराह ज्वेलरी इण्डष्ट्रिजका सञ्चालकलाई धम्क्याउने विनोद चौलागाई नाम बताउने ठग पक्राउ परेका छन् ।

विनोद चौलागाईं नाम बताउने ती ठगले काठमाडौ, न्युरोडस्थित वराह ज्वेलरी इण्डष्ट्रिजका सञ्चालकलाई ५ लाख रुपैयाँ नदिए ब्यावसाय नै खत्तम गरिदिने धम्की दिएका थिए ।

पहिले आर्थिक दैनिकमा रिपोर्टिङ गर्ने र अहिले ‘सदाबहार राष्ट्रिय साप्ताहिक’ प्रकाशन गर्न लागेको भन्दै रकम माग गर्ने ठगलाई ब्यापारीले ९ माघमा कोठामा थुनेर प्रहरीको जिम्मा लगाएका छन् ।

केही दिन अघिदेखि नै ज्वेलरीको कार्यालयमा आएर ‘बराह ज्वेलरीको बारेमा मेरोमा एउटा फाइल आएको छ, रु. ५ लाख नदिए समाचार छापेर पसल नै बन्द गराई दिन्छु,’ भन्न थालेपछि ज्वेलरीका कर्मचारी र सञ्चालकले चौलागाई‌को आवाज र भिडियो समेत गोप्य तरिकाले रेकर्ड गरेका थिए ।

रु. ५ लाखबाट घटाएर साढे २ लाखमा कुरा मिलाएपछि ८ माघमा बेलुकी रकम लिन आउने समय तोकेका ती ठगलाई ९ माघ दिउँसो बोलाएर १ घण्टा कार्यालयमै थुनेर प्रहरीलाईजिम्मा लगाइएको वराह ज्वेलरीका प्रमुख कार्यकारी अधिकृत प्रमिल स्थापितले बताए । पक्राउपछि चौलागाईले काभ्रेको कात्तिके देउरालीमा घर रहेको र समाचार नछापिदिने शर्तमा रु. ५ लाख माग गरेको प्रहरीलाई बताएका छन् ।

ती ठगले पत्रकारको नाममा विभिन्न उद्योगी ब्यापारी तथा ब्याङ्कहरुसँग यसरी नै धम्क्याएर रकम असुल्दै आएको हुनसक्ने आशंका गरिएको छ । बराह ज्वेलरीले उनीसँग भएको पटक पटकको वार्तालाप र रकम लिन आउँदा गोप्यरुपमा खिचेको भीडियो फुटेज समेत प्रहरी र सञ्चारकर्मीलाई उपलब्ध गराएकाछन् । वराह ज्वेलरी इण्डष्ट्रिजका सञ्चालक शिव लामिछाने यस्ता ठगहरुबाट धेरै ब्यासायी पीडित बन्दै आएको भए पनि कसैले आँट नगरेको काम आफूले गरेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>