थप समाचारबुधबार, माघ १०, २०६९
राजीवदेखि राहुलको आक्षेपसम्म
दुबै भाषणलाई अध्ययन गर्ने हो भने पछिल्लो २७ वर्षमा भारतीय सत्ता–मशिनरीमा धेरै परिवर्तन भएको छैन । प्रस्तुत छ, दुबै भाषणहरुबाट केही उदाहरणः
राजीव गान्धी– देशमा लाखौं कांग्रेसी कार्यकर्ता कांग्रेसको नीति र कार्यक्रमप्रति उत्साहित छन् । तर उनीहरु सत्ताका दलालहरुद्वारा बिबस पारिएका छन, दलालहरुले जनआन्दोलनलाई सामन्ती बन्धनको घेराभित्र पारेका छन् … यी व्यक्तिहरुले कांग्रेस संगठनबाट सेवा र बलिदानको भावना निकालेर त्यसलाई खोक्रो पारिदिएका छन्… हाम्रो प्रशासनिक ब्यवस्था जटिल, पूरानो र व्यक्तिको आवश्यकता र आकांक्षाभन्दा पर छ । यसले परिवर्तनका प्रयासहरुलाई बेकम्मा बनाएको छ । यसले मानिसहरुको सेवा गर्न सिक्नुपर्छ ।
राहुल गान्धी– एक अरब भारतीयहरुको आवाजले हामीलाई भनिरहेको छ, ऊ सरकार, राजनीति र प्रशासनमा सामेल हुन चाहन्छ । उनीहरुले बताइरहेका छन कि उनीहरुको जीवनको दिशा बन्द ढोकाका पछाडि बसेका केही मुठ्ठीभर व्यक्तिहरुले तय गर्न सक्दैनन् जो उनीहरुप्रति जवाफदेही नै छैनन् । उनीहरु हामीलाई भनिरहेका छन् कि सरकारी ब्यवस्था भूतकालमा अल्झेको छ । यो त्यो ब्वस्था हो जसले जनताबाट उनीहरुको आवाज खोस्छ, यस्तो ब्यवस्था जसले शक्तिशाली बनाउनुको सट्टा शक्तिहिन बनाउँछ ।
राजीव गान्धी– यस देशलाई गरिबहरुको सेवा गर्ने राजनीति चाहिएको छ । देशलाई विचारधारा र कार्यक्रममा आधारित राजनीति चाहिन्छ । यस्तो गर्नका लागि हामीले राजनीतिक पार्टीहरु र स्वार्थी तत्वका बीचको साँठगाँठ तोड्न सक्नुपर्छ ।
राहुल गान्धी– तपाईं जुनसुकै राज्यमा हेर्नुस, जुनसुकै राजनीतिक पार्टीलाई हेर्नुस, पूरै राजनीतिक पटलमा केही मुठ्ठीभर व्यक्तिहरुले किन कब्जा जमाएका छन् ? हाम्रो देशमा सत्ता गम्भीररुपबाट केन्द्रीयकृत छ, हामी उसलाई मात्रै शक्ति दिन्छौं जो सत्ताको शीर्षमा छ । हामी तल्लोस्तर सम्मका जनताहरुको सशक्तिकरणमा विश्वास गरिरहेका छैनौं ।
राजीव गान्धी– भ्रष्टाचारविरुद्धको युद्ध अविरल जारी रहने छ । यस देशलाई स्वच्छ सामाजिक र राजनीतिक परिवेषको आवश्यकता छ र कांग्रेस पार्टी यो उपलब्ध गराउन कटिबद्ध छ ।
राहुल गान्धी– सँधैजसो हामीले ब्यवस्थाको पाखंडीपनको सामना गर्नु परिरहेको छ । भ्रष्ट व्यक्तिहरु नै उठेर भ्रष्टाचार हटाउने कुरा गर्छन् । र जो मान्छे महिलाहरुको बेइज्जती गर्छ उसैले अधिकारका कुरा गर्छ ।
कांग्रेस पार्टी स्थापनाको सयबर्ष पूरा हुँदा २७ बर्षअघि बंबईमा पार्टी कार्यकर्ताहरुलाई राजीभ गान्धीले ‘सत्यको ऐनामा’ आफ्नो तस्बीर हेर्न सल्लाह दिएका थिए । उनले त्यस ऐनामा एक कांग्रेसी नेताको जुन तस्बीर देखाए त्यो एक भ्रष्ट, सत्ताको दलाल, लोलुप, अपराधी, षडयन्त्रकारी, दाउपेचमा पोख्त, कपटी र छुद्र ब्यक्तिको तस्बीर थियो । ब्यवस्थाको केन्द्रबाट ब्यवस्था विरोधी आवाज उठाएर राहुल गान्धीले पनि आफ्ना पिता जस्तै आम व्यक्तिको आक्रोश कांग्रेसका पक्षमा उपयोग गर्ने कोशिस गरेका छन् ।
बीबीसी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
