थप समाचारबुधबार, माघ १०, २०६९
आजबाट शहीद सप्ताह शुरु
एकतन्त्रीय जहानियाँ राणा शासनको विरुद्धमा आवाज उठाउँदा मारिएका शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द ठाकुर र धर्मभक्त माथेमाको सम्झनामा सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको हो ।
आज शहीद शुक्राज शास्त्रीलाई फाँसी दिइएको ठाउँ काठमाण्डुको टेकुमा कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रम शुरु गरिएको छ । इन्द्रचोकमा राणाहरुको विरोधमा भाषण गरेको आरोपमा आजकै दिन विक्रम संवत १९९७ मा शहीद शास्त्रीलाई टेकु पचलीमा झुण्डाएर मृत्युदण्ड दिइएको थियो । त्यसैगरी राजधानी लगायत देशका अन्यभागमा शहीदको सम्झनामा विभिन्न कार्यक्रमहरु गरिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
