थप समाचारबुधबार, माघ १०, २०६९

विन्दुका बाबु र काका जेल चलान

सञ्जीव शर्मा

जिल्ला न्यायाधीश अच्युतप्रसाद भण्डारीको इलाजलासले बिन्दुका बाबु रामा ठकुर र काका राम एकवाल ठाुकरलाई पुर्पक्षका लागि जेल चलान गरेको हो । बिन्दुका बुवा र काकाले प्रहरी, सरकारी वकिल र जिल्ला अदालतमा दिएको बयानमा हत्यमा सलग्नता बारे अस्वीकार गरे पनि घटनास्थलबाट संकलित प्रमाणको आधरमा उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला अदालतका श्रेष्तेदार बाबुराम दहालले बताए ।

गत ११ पुसमा बिन्दुको शव जलाएर फालिएको अवस्थामा घरभन्दा केही पर बाँसको झ्याङमा फेला परेको थियो । हत्यामा परिवारकै ब्यक्तिको संलग्नता रहेको भन्दै जिल्ला सरकारी वकिलका कार्यालयले बिन्दुका बुवा रामा ठाकुर, काका रामकवाल ठाकुर र आमा गीतादेबी ठाकुराई सर्वश्व सहित जन्म कैदको माग गर्दै ८ माघमा जिल्ला अदालतमा अभियोग पत्र दार्ता गराएको हो ।

बिन्दुकी आमा गितादेबी ठाकुर फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अली असगर, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...