थप समाचारबुधबार, माघ १०, २०६९

बालिका करणी गर्नेलाई १५ वर्ष कैद

हिमालखबर

जिल्ला अदालत रूपन्देहीले बुधवार फैसला सुनाउँदै थापालाई जर्वजस्ती करणीमा १० वर्ष र करणी उद्योगमा ५ वर्ष गरी १५ वर्ष कैद सजायको फैसला सुनाएको हो । फैसलामा पीडितलाई जनही एक–एक लाख रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश गरिएको छ ।

कोटिहवास्थित नेपाल अविनास अनाथ आश्रममा रहेका असहाय बालिकालाई आश्रमका निर्देशक आशिष थापाले आश्रमकै दुई जना बालिकालाई जर्वजस्ती करणी गरेको र बाँकी ७ जनालाई जर्वजस्ती करणीको उद्योग गरेको अभियोगमा मुद्दा चलाइएको थियो । गत जेठको अन्तिम हप्ता सार्वजनिक भएको घटनाका पीडितहरुले थापाले ६–७ महिना अघिदेखि जर्वजस्ती करणी गरेको र बालिकालाई कोठामा बोलाएर यौन दुब्र्यवहहार गरेको अदालतमा बयान दिएका थिए ।

वुधवार उक्त मुद्दाको फैसला सुन्नका लागि वादी र प्रतिवादीपक्षका व्यक्तिहरुको अदालत परिसरमा भीड थियो ।
मुकेश पोखरेल, भैरहवा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>