थप समाचारबिहीबार, माघ ११, २०६९

दैलेखका सिडिओ पनि सरुवा

हिमालखबर

प्रधानमन्त्री भट्टराईको मौखिक आदेशमा दैलेखका प्रहरी प्रमुख रातारात सरुवा गरिए ।

प्रधानमन्त्री उपस्थित कार्यक्रममा सुरक्षा दिन नसकेको बाहना बनाइए पनि पत्रकार डेकेन्द्र हत्या अनुसन्धानमा संलग्न दैलेखका प्रहरी प्रमुख सहित दुई प्रहरी अधिकृतको रातारात सरुवा पश्चात् प्रशासन प्रमुख उमेशकुमार ढकालको पनि सरुवा भएको हो । गृहमन्त्रालयले ११ माघमा पत्र पठाई मैनालीलाई मन्त्रालयमा फिर्ता बोलाएको हो ।

डेकेन्द्र थापा हत्या अनुसन्धान रोक्न र मुद्दा अभियोजन समेत नगर्न प्रधानमन्त्रीले ठाडो आदेश र महान्यायाधिवक्ताले लिखित पत्र काटे पनि दैलेखका प्रहरी नायव उपरीक्षक शारदाप्रसाद चौधरीले अनुसन्धान रोकेका थिएनन् । त्यसपछि सर्वोच्च अदालतले उक्त मुद्दाको अनुसन्धान नरोक्न आदेश जारी गरिसकेको छ । यस्तो अवस्थामा उक्त मुद्दा अनुसन्धानलाई प्रभावित पार्नकै लागि पूर्व योजना अनुसार दैलेखका प्रहरी र प्रशासन प्रमुखको सरुवा गरिएको गृहमन्त्रालय निकट स्रोतले बताएको छ ।

डेकेन्द्र थापा हत्याका अभियुक्तलाई प्रधानमन्त्री बाबुराम भट्टराईले संरक्षण दिन खोजेपछि त्यसको विरोधमा जिल्लास्थित अधिकारकर्मी, पत्रकार, विपक्षीदलहरु लगायतले विरोध गरिरहेकै बेला प्रधानमन्त्री भट्टराई पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्न १० माघमा दैलेख गएका थिए । दैलेखमा विपक्षी दलहरुविरुद्ध परिचालन गर्न एमाओवादीले सुर्खेत जिल्ला अधिवेशन स्थगित गरेर आफ्ना थुप्रै कार्यकर्ता प्रहरी सुरक्षामा दैलेख उतारेको थियो ।

९ माघदेखि नै विपक्षी दलहरुले प्रदर्शन शुरु गरेका बेला प्रधानमन्त्री भट्टराई, एमाओवादी अध्यक्षलगायतका नेताहरु पुगेपछि दैलेख थप तनावग्रस्त भएको थियो भने केही बेरका लागि विपक्षी दलहरुले प्रधानमन्त्री सहभागी सभा विथोलेका थिए । झडपमा परी जिल्लाका विपक्षी दलका थुप्रै कार्यकर्तासहित एमाओवादीका केही कार्यकर्ता घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>