थप समाचारबिहीबार, माघ ११, २०६९

निर्णायक भूमिकाका लागि कोइरालाद्वारा राष्ट्रपतिलाई आग्रह

हिमालखबर

११ माघमा राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा छलफलमा सभापति कोइरालाले संविधानको संरक्षकका हैसियतले निर्णायक कदम चाल्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

दलहरुबीच सहमति टाँढिदै गएका बेला विपक्षी दलहरुले राष्ट्रपतिले संविधान र लोकतन्त्रको रक्षाका लागि नयाँ प्रधानमन्त्रीको घोषणा गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला कोइरालाले राष्ट्रपति डा यादवलाई भेटेका हुन् ।

यसैगरी राष्ट्रपतिले सहमतिका लागि प्रभावकारी रूपमा भूमिका निर्वाह गर्न कोइरालालाई आग्रह गरेको शीतलनिवास स्रोतले जनाएको छ । दलहरूबीच सहमतिको वातावरण बिग्रँदै गएकोमा राष्ट्रपतिले चिन्तासमेत व्यक्त गरेका छन् ।
सत्तापक्ष र प्रतिपक्षी दलहरू अलगअलग आन्दोलनमा लागेपछि राष्ट्रपतिले फेरि परामर्शको क्रमलाई शुरु गरेका हुन् । उनले अरू दलका नेताहरूसँग पनि छलफल गर्ने बुझिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>