थप समाचारशुक्रबार, माघ १२, २०६९

रामपुर घट्ना– सोनुको हत्यामा पतिबाटै

हिमालखबर

१२ माघमा जिल्ला प्रहरी कार्यालय पाल्पाले ओमप्रकाश श्रेष्ठलाई सार्वजनिक गर्दै हत्यामा प्रयोग गरिएका मोटरसाईकल, बोरा, डोरी लगायतका सामाग्रीहरु र घटना बिबरणको प्रारम्भिक जानकारी दिएको छ ।

तानसेनमा भएको पत्रकार सम्मेलनमा अभियुतm लाई बोल्न नदिए पनि प्रहरीले उनीसँग लिएको बयान र उनले हत्या स्वीकार गरेको भिडियो देखाएको थियो । उक्त बयानमा ओम प्रकाश श्रेष्ठले आफुले धेरै माया गर्ने पत्नी अर्को केटासँग हप्तौ दिन हिड्ने गरेको दाबी गरेका छन् । घटना भएको दिन बिहान माईतमा रहेकी सोनुले आफूलाई खाना खान नदिएर एक्लै मात्रै खाएको र आफूसँग नबोली छिमेकीकोमा गएर दिनभर बसेकाले रिसको झोंकमा त्यही दिन राति उनको हत्या गरेको ओमप्रकाशले बताएका छन् ।

जेठी श्रीमती बाट बालबच्चा नभएपछि कान्छी बिहे गरेको र कान्छी बाट २ छोरा छोरी भएदेखि आफूले उनलाई निकै माया गर्ने भन्दै श्रेष्ठले आफूले माया गरे पनि पछिल्लो समयमा कान्छी श्रीमती सोनुले आफूलाई बेवास्ता गर्ने, जहिले पनि झर्किने, रिसाउने गरेको हुँदा उनको हत्या गरेको बताएका छन् । उनले सोनुलाई ४ पुसमा माईतीमा कोही नभएको बेला राती ८ बजे घाटी थिचेर मारेको र बोरामा हालेर काली नदीमा फालिदिएको बताएका छन् ।

गत ४ पुसमा गते घरै बाट बेपत्ता भएकी रामपुर ५ की २७ बिर्षीया सोनु श्रेष्ठको शब बोरामा ढुंगाले बाधेर फालेको अवस्थामा ६ माघमा रामपुर १ परेवाघाटस्थित कालीनदिमा फेला परको थियो ।

सोनु हराएको एक हप्ता पछि पति ओम प्रकाशले हत्या गरेको हुन सक्ने भन्दै सोनुकी दिदी र स्थानीयबासीले ईलाका प्रहरी कार्यालय रामपुरमा चार पटक निबेदन दिएका थिए । सोनुको नाममा रहेको सम्पत्ति ओमप्रकाशको नाममा नामसारी नगरेकाले उनको हत्या भएको हुन सक्ने उनीहरुको जिकिर थियो ।

सोनुको शब फेला परेपछि हत्यारालाई कारबाहीको माग गर्दे स्थानीय महिलाहरुको अगुवाईमा भएको आन्दोलनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालयले रामपुर क्षेत्रमा दुई दिन कर्फ्यु समेत लगाउनु परेको थियो ।

ओम प्रकासका कान्छी श्रीमती सोनुबाट ९ बर्षीया छोरी र ७ बर्षका छोरा छन् । हत्यामा संलग्न भएको शंकामा प्रहरीले ओम प्रकाशकी जेठी पत्नीलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>