रमझमशुक्रबार, माघ १२, २०६९

चलचित्र विकाश वोर्डमा पप्पु, कलाकारहरुको आन्दोलन जारी

हिमालखबर

चलचित्र बिकास बोर्डको भवन। सरकारले अध्यक्षमा नियुक्त गरेका धर्मेन्द्र मरवैता उर्फ पप्पु ।

चलचित्र विकाश वोर्डलाई स्वायत्त गर्ने, चलचित्र विकाश बोर्ड चलचित्रकर्मीको नेतृत्व हुनुपर्ने, लगायतका ९ बुँदे माग राख्दै कलाकारहरुले आन्दोलन गरिरहेका बेला सरकारले १२ माघका बसेको मन्त्रिपरिषदको बैठकले उनलाई नियुक्त गरेको हो ।

मैथली भाषाका फिल्म तथा टेलिफिल्म निर्माता कलाकार पप्पु ५ महिना खाली रहेको वोर्डमा नियुक्त गरिएको हो । सिराहा मार्डर निवासी उनको नियुत्तिका लागि निकै अघिदेखि नै पहल भएको थियो । उनी सुचना तथा संचारमन्त्री राजकिशोर यादवका निकट मानिन्छन् ।

सुचना तथा संचारमन्त्री राजकिशोर यादवले उनैलाई नियुत्ति गर्ने तयारी बाहीर आएपछि चलचित्रकर्मीहरु चलचित्र विकाश बोर्ड चलचित्रकर्मीको नेतृत्व हुनुपर्ने मागलाई प्राथमिकताका साथ राख्दै २५ पुषबाट आन्दोलन उत्रिएका थिए।

पप्पुको नियुक्ती विषयमा आन्दोलनको नेतृत्तव गरिरहेको संयूक्त आन्दोलन संघर्ष समितिले कडा आपत्ती जनाएको छ । संघर्ष समितिका प्रवक्ता तथा चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का भने, “आन्दोलनको मर्म विपरित जर्वजस्त नियुत्ती गरिएको छ, यो हामी चलचित्रकर्मीका लागि मान्य छैन । ”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>