थप समाचारशनिबार, माघ १३, २०६९

मुलुक जनआन्दोलनमा गयो: खनाल

हिमालखबर

एमाले अध्यक्ष खनालले हतियार बिहिन 'जनयुद्ध' शुरु भएको दाबी गरेका छन् ।

अध्यक्ष खनालले विपक्षी दलहरुले शुरु गरेको आन्दोलनमा अब आम नेपाली जनताको सहभागिता बढ्दै गएको भन्दै यो जनआन्दोलन भएको दाबी गरे । माओवादीले १२ वर्षसम्म हतियारको युद्ध गरेको भन्दै खनालले अहिले विपक्षीहरुले सरकारविरुद्ध शुरु गरेको हतियारविहीन आन्दोलन नै वास्तविक जनयुद्ध भएको पनि टिप्पणी गरे । उनले भने, “यो जनयुद्ध हतियारविहीन, शान्तिपूर्ण हुनेछ, हामी हिंसामा विश्वास गर्दैनौं ।”

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले १३ माघमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खनालले एकीकृत नेकपा माओवादीका कारण तत्काल सहमति र वार्ताको सम्भावना सकिएको निष्कर्ष सुनाए । वार्ताको ढोका खुला गर्ने जिम्मेवारी छोडेर सत्तापक्षनै सडकमा आएपछि अब सडकमा नै उनीहरुसँग भिड्न तयार रहेको खनालले बताए ।

मुलुक फेरि द्वन्द्वतर्फ गएको बताउँदै विपक्षी दलले शुरु गरेको आन्दोलनले माओवादीलाई तह लगाउने खनालको दाबी छ । माओवादीविरुद्ध लड्नका लागि हतियारविहीन रूपमा काङ्ग्रेस एमालेलगायतका विपक्षी दलहरुका कार्यकर्ता देशैभर तयार भएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>