थप समाचारशनिबार, माघ १३, २०६९

एनेकपा माओवादी राजमार्गमा चन्दा उठाउँदै

हिमालखबर

पार्टीको तुलव्यानर र झण्डा सहित सडक अवरुद्ध गरेर बसेका एमाओवादीका कार्यकर्ताहरुले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्डमा संचालन हुने निजी तथा सार्वजनिक यातायातका साधनहरुबाट चन्दा असुली गरेका छन् ।

उनीहरुले धनकुटा नगरपालिका–७ जिरोप्वाईन्टस्थित ट्राफिक चोकमा विहानदेखि चन्दा संकलन शुरु गरेको भएपनि ट्राफिक प्रहरीले नउठाउन आग्रह गरेपछि पुनः धनकुटा नगरपालिका वडा नं. ६ स्थित फोक्लेनटापमा गएर रकम असुली गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवकुमार शर्माले बताए । आफैं राज्यसत्ता संचालन गरिरहेको पार्टीका कार्यकर्ताले कानूनको ठाडो उल्लंघन गर्दै रकम असुल्नु पूर्णरुपमा गैरजिम्मेवार र लज्जास्पद कार्य भएको प्रमुख जिल्ला अधिकारी खड्गबहादुर चापागाईले बताए । उनले सो घटनाको जानकारी भए लगत्तै राजमार्गमा तुलव्यानर टाँगेर चन्दा असुली गर्ने कार्य बन्द गर्नको लागि मातहतका सुरक्षाकर्मीहरुलाई निर्देशन दिईसकिएको र सो पार्टीका जिल्ला संयोजक हेमराज भण्डारीलाई समेत चन्दा असुली बन्द गर्न आग्रह गरेको बताए ।

महाधिवेशन सम्पन्न गर्नका लागि गठित आर्थिक समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले राजमार्गमा व्यानर राखेर चन्दा संकलन गरिरहेको स्वीकार गरेका छन् । उनले धनकुटा नगरपालिका–६ स्थित फोक्लेनटापुमा आफ्नो नेतृत्वमा व्यानर राखेर सो राजमार्गमा संचालन हुने सवारी साधनहरुबाट रकम संकलन गरिरहेको बताए । तर कसैलाई दुव्र्यावहार तथा जबरजस्ती नगरिएको पनि उनले बताए । उनले १४ माघमा धनकुटा बजारमा व्यानर सहित स्वेच्छिक चन्दा संकलन गरिने पनि जानकारी दिए ।

सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>