थप समाचारशनिबार, माघ १३, २०६९

भारतमा गणतन्त्र दिवस, मिसाइल प्रदर्शन (फोटो फिचर)

हिमालखबर

भारतको ६४ औं गणतन्त्र दिवसको अवसरमा दिल्लीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि भुटानका राजा जिग्मे केशर नामग्याल भए । तस्बीरः एएफपी

राजधानी दिल्लीस्थित ऐतिहासिक लालकिलामा आयोजित कार्यक्रममा देशको विभिन्न सांस्कृतिक झलकहरुको प्रदर्शनीका साथै सैन्य शक्तिको प्रदर्शन भएको छ । यसपटक गणतन्त्र दिवसका प्रमुख अतिथि भूटानका राजा भएका छन् ।

परेडको मुख्य आकार्षण रह्यो अग्नि–५ ब्यालिष्टिक मिसाइल जसको मारक क्षमता ५५०० देखि ८८०० किलोमिटरको बीचमा छ । उक्त मिसाइललाई मोबाइल रोड लञ्चरमा राखेर प्रदर्शन गरेको थियो ।

उक्त अवसरमा राष्ट्रपति प्रणब मुखर्जीलाई सलामी दिइयो । उप राष्ट्रपति हमिद अन्सारी, रक्षामन्त्री एके एंटनी, यूपीए अध्यक्ष सोनिया गान्धी र अन्य शीर्ष राजनीतिक र सैन्य नेतृत्वहरु पनि सहभागी थिए ।

भारतीय गणतन्त्र दिवसका अवसरमा दिल्लीको राजपथमा परेडमा सहभागी विद्यार्थीहरु । तस्बीरः एपी

भारतीय गणतन्त्र दिवसमा दिल्लीमा लामो दुरीको मारक क्षमता भएको अग्नी ५ ब्यालिस्टिक मिसाइल पनि प्रदर्शन गरियो । तस्बीरः एपी

उत्तर प्रदेशको झाँकी प्रदर्शन गरिंदै । तस्बीरः एएफपी

परेड गर्दै भारतीय सैनिक । तस्बीरः एएफपी

पश्चिम बंगालको झाँकी प्रदर्शन गरिंदै । तस्बीरः एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>