रमझमशनिबार, माघ १३, २०६९
बोर्ड अध्यक्ष पप्पुलाई बहिस्कार
आन्दोलनको भावना विपरित सरकारले मरवैतालाई नियुक्त गरेको भन्दै चलचित्र कर्मीहरुले १४ माघदेखि कार्यालय प्रवेशमा समेत रोक लगाउने भएका छन् ।
विकास बोर्ड स्वायत्त हुनुपर्ने ,विकास बोर्डमा चलचित्र क्षेत्रबाटै नेतृत्व हुनुपर्ने लगायतका ९ वुँदे माग राखेर आन्दोलन गरिरहेको संयुक्त आन्दोलन संघर्ष समितिले आफूहरुसँग कुनै छलफल बिना नै बोर्डमा धर्मेन्द्र मरवैता (पप्पु ) लाई नियुक्त गरेपछि १३ माघमा पत्रकार सम्मेलन गरी उक्त घोषणा गरेको हो ।
त्यस्तै मरवैता नियुक्तिको संघर्ष समितिले १४ माघबाट देश भरका सम्पूर्ण फिल्महल, सुटिङ र पोष्टप्रोडक्सनका गतिविधि समेत ठप्प पार्ने निर्णय गरेको छ । संघर्ष समितिका प्रवक्ता एवम् चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले आन्दोलनको मर्म विपरित जर्वजस्ती पप्पुलाई नियुक्त गरिएको भन्दै थपे, “चलचित्रकर्मीले कुनै पनि हालतमा यो निणर्य स्विकार्ने छैनौ ।” चलचित्र क्षेत्रकै बिज्ञलाई बोर्डमा ल्याउनु पर्ने उनको भनाई थियो ।
बोर्ड परिसरमा जारी रिले अनसनलाई पनि निरन्तरता दिने संघर्ष समितिका संयोजक एवम् निर्माता संघका अध्यक्ष राजकुमार राईले बताए । समितिले १४ पुसदेखि पप्पुको नियुक्ति र नौ बुदे मागको विषयमा अन्तरक्रिया गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
