थप समाचारआइतबार, माघ १४, २०६९
वैतडीमा प्रधानमन्त्रीलाई सेनाको सुरक्षा
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, पार्टी उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई र अर्का उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ बैतडी पुगेका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईको विरोधमा विपक्षी दलले बन्द र आन्दोलन घोषणा गरेपछि सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ । दैलेखको जस्तो झडपको अवस्था आउन नदिन सेना परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीले सुरक्षाका सबै उपाय अपनाइएको बताए ।
सदरमुकाम गोठालापानीमा हुने कार्यक्रमको सुरक्षाका लागि टुँडीखेलदेखि गोठालापानीसम्मको एक किलोमिटरको दुरीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो तैनाथी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
