थप समाचारआइतबार, माघ १४, २०६९

भट्टराईको बहिर्गमन जरुरीः भण्डारी

हिमालखबर

प्रेस चौतारी नेपाल पर्साद्वारा वीरगञ्जमा १४ माघमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष भण्डारीले वर्तमान सरकारले सबै दलहरुको विश्वास गुमाएको तथा राजनीतिक संस्कार र चरित्रसमेत त्यागिसकेकोले सहमति हुन नसकेको भन्दै थपिन, ‘‘राजनीतिक, संवैधानिक र नैतिक हिसाबले पनि वर्तमान सरकारको बहिर्गमन हुनुपर्दछ ।’’

भण्डारीले मुलुकमा माओवादीको निरङ्कुशता र सर्वसत्तावाद हावी हुँदैछ भन्दै सिङ्गो मुलुकलाई अराजक, अस्थिरता, भ्रष्टाचार र दण्डहीनताको दलदलमा फसाएर सत्ता कब्जा गर्ने दुस्हास एमाओवादीले गर्न खोजेको आरोप लगाईन उनले अगाडि भनिन्, “तर, यो उस्को दिवास्वप्न बाहेक केही हुने छैन ।”

पार्टीको महाधिवेशनमा माओवादी नेतृत्वले सरकारी स्रोत र साधनको चरम दुरुपयोग गरेर लोकतन्त्रलाई नै उपहास बनाउने कार्य गरेको बताइन् ।

उपाध्यक्ष भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संवैधानिकरुपमा संस्थागत विकास गरी आम नेपाली जनताको शान्ति र समृद्धि चाहनालाई पूरा गर्नुपर्नेमा माओवादी बाधक रहेकोमा जोड दिएकी थिइन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>