थप समाचारआइतबार, माघ १४, २०६९

नाइट क्लबमा आगो लाग्दा १८० को ज्यान गयो

हिमालखबर

उक्त घट्नामा घाइते हुनेहरुको संख्या अत्यधिक छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार दुई बजे आतिशबाजीका क्रममा आगो लागेको हो । नाइटक्लबबाट बाहिर निस्कने बाटो एउटामात्रै हुँदा मानिसहरु क्लबबाट बाहिर निस्कन सकेनन् । मृत्यु हुनेहरुमा अधिकांश युनिवर्सिटीका छात्रहरु रहेको बताइएको छ ।

अग्नि नियन्त्रण विभागले आगो लागेपछि अत्तालिएर भाग्न खोज्दा पनि धेरैको मृत्यु भएको जनाएको छ । दुई हजार व्यक्ति अटाउने उक्त नाइट क्लब घटनाका बखत भरिभराउ थियो । क्लबभित्रबाट बाहिर आउने एउटामात्रै बाटो पनि धुवाँले भरिएपछि क्लबको भित्ता भत्काएर उद्दार गर्नु परेको थियो ।

एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>